साइबर एलायन्स फर म्यूचल प्रोग्रेसको सदस्यमा सेन्टर
काठमाडौं ।
साइबर एलायन्स फर म्युचुअल प्रोग्रेस (क्याम्प)को पाँचौँ वार्षिक बैठकबाट नेपालको प्रतिनिधित्व गर्दै सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन सदस्यमा निर्वाचित भएको छ । क्याम्पको मुख्यालय सोल, दक्षिण कोरियामा सेप्टेम्बर १४ मा आयोजना भएको साइबर एलायन्स फर म्युचुअल प्रोग्रेस (क्याम्प)को पाँचौँ वार्षिक बैठकबाट सीएसराआई सदस्यमा निर्वाचित भएको नेपालस्थित साइबर सेक्युरिटीले जानकारी दिएको छ । साइबर एलायन्स फर म्युचुअल प्रोग्रेस (क्याम्प)ले अक्टोबर, २०२० को आफ्नो आधिकारिक क्याम्प न्युजलेटर नं. १९ सार्वजनिक गर्दै सीएसराआई सदस्यमा निर्वाचित भएको जानकारी दिएको हो ।
सो आधिकारिक क्याम्प न्यूजलेटरमा उल्लेख भएअनुसार सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाललाई नयाँ सदस्यमा स्वागत गरिएको छ । यसअघि नेपालका तर्फबाट नेपाल सरकारका निकायहरु राष्ट्रिय सूचना प्रविधि केन्द्र र राष्ट्रिय अनुसन्धान विभाग मात्र सदस्य रहेका थिए । साइबर एलायन्स फर म्युचुअल प्रोग्रेस (क्याम्प) को सदस्यमा हाल ४६ वटा देशहरुको ६० वटा सरकारी, सार्वजनिक निकाय तथा मुनाफारहित संगठित संस्थाहरु सदस्य रहेका छन् ।
उक्त पाँचौँ वार्षिक बैठकमा सीएसराआईका उपाध्यक्ष मिलनराज नेपाली अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा सदस्य प्राप्तिका लागि सीएसराआईको तर्फबाट नेतृत्व गरेका थिए । साथै, उक्त कार्यका लागि सीएसराआईका अध्यक्ष प्राडा सुवर्ण शाक्य निवर्तमान अध्यक्ष चिरञ्जीवी अधिकारी र महासचिव ई. शालिग्राम पराजुलीले समेत विशेष प्रतिनिधित्व गरेको जानकारी पनि साइबर सेक्युरिटीले दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- काठमाडौँ बन्यो विश्वकै पहिलो प्रदूषित सहर
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया