सेञ्चुरी कमर्सियल बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता
काठमाडौँं, पुस १४
सेञ्चुरी कमर्सियल बैंक र ब्लुु क्रस हस्पिटलबीच सम्झौता भएको छ । बैंकले अस्पतालले दिने विभिन्न सेवा सुविधाहरूमा आफ्ना खातावालाहरू, क्रेडिट र डेबिट कार्ड ग्राहकहरू तथा संस्थापक सेयरधनीहरूलाई सहुलियत प्रदान गर्ने विषयमा सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकको खातावालाहरू, क्रेडिट र डेबिट कार्ड ग्राहकहरू तथा बैंकका संस्थापक सेयरधनीहरूले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जाँचमा १२ प्रतिशतसम्म छुट पाउनेछन् । सम्झौतामा बैंकको बजार प्रबन्धक शेखरराज बस्ताकोटी र ब्लु क्रस अस्पताल प्रालिका कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजतकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका हुुन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
- अनुदानमा उन्नत जातका भैँसी वितरण
- राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी
- सुन्तला बेचेर रु २१ करोड भित्रियो
- काठमाडौँ बन्यो विश्वकै पहिलो प्रदूषित सहर
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया