आर्थिक वर्षको दुई महिनामा छ सय ६८ जना पर्यटक खुम्बु पुगे
महेन्द्र शाही
सोलुखुम्बु ।
चालू आर्थिक वर्षको दुई महिनामा सोलुखुम्बुको खुम्बु क्षेत्रमा छ सयभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । असोज र कात्तिक महिनामा खुम्बु क्षेत्रमा छ सय ६८ जना आन्तरिक तथा बाह्य पर्यटक खुम्बु क्षेत्र पुगेको गाउँपालिकाले जनाएको छ । असोज महिनामा एक सय ४६ नेपाली र २५ विदेशी गरी एक सय ७१ जनाले खुम्बु भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ । कोरोनाका कारण खुम्बु क्षेत्रको भ्रमणमा आउने पर्यटकको संख्यामा भारी मात्रामा गिरावट आएको हो । अघिल्ला वर्षहरूमा खुम्बु क्षेत्रमा असोज महिनासम्म दैनिक करिब एक हजारको हाराहारीमा पर्यटक आउने गरेका थिए ।
त्यस्तै पर्यटकीय क्षेत्र खुम्बुमा कात्तिक महिनमा जम्मा चार सय नौ नेपाली, सार्क राष्ट्रका १० र अन्य ९८ विदेशी पर्यटक खुम्बु भ्रमण तथा हिमाल आरोहणका लागि पुगेका हुन् । असोज महिनादेखि पर्यटकीय गतिविधि सञ्चालन अनुमति पाएसँगै खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल बाक्लिएको हो । तर अहिले खुम्बु क्षेत्रमा आउने अधिकांश पर्यटक स्वदेशी नै रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले जानजाएके छ । अघिल्लो वर्षको चैत्र महिनादेखि कोरोनाका कारण देशमा लकडाउन भएपछि भदौ महिनासम्म मुख्य पर्यटकीय सिजनमा खुम्बु सुनसान रहेको थियो । कोरोनाको कारण जारी गरिएको लकडाउन हटेपछि खुम्बुमा पर्यटकको चहलपहल केही मात्रामा बढेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया