राजधानीका तीन ठाउँमा मेगा बैंकका नयाँ एक्सटेन्सन काउन्टर
काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले राजधानीका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बैंकले काठमाडौँंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ७, नारायणटार, काठमाडौँंकै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ स्थित गान्धी आदर्श माध्यमिक विद्यालय नजिकै रहेको गान्धी मोड र भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर ७, गुण्डुमा सोमबारदेखि एक्सटेन्सन काउन्टरहरू सञ्चालनमा ल्याएको हो । एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीतिअनुरूप मेगाले यसअघि पनि बिभिन्न स्थानहरूमा एक्सटेन्सन काउन्टरहरू खोलिसकेको छ । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको बैंकको हाल देशभर दुुई सय छवटा शाखा र ३४ वटा एक्सटेन्सन काउन्टरहरू सञ्चालित छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आर्थिक विकासको लक्ष्यमा कृषिको भूमिका
- सहकारीको लहरो पहरोसम्मै पुगोस्
- ‘श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु’
- प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन
- व्यवसायीलाई दुःख दिँदै राजस्व कार्यालय
- पशुपतिको विद्युत् शवदाह साउन १ गतेदेखि नि:शुल्क
- निर्जीवन बीमा कम्पनीका २२ लाख ६२ हजार बीमालेख जारी
- निर्माण क्षेत्र थप धरासायी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया