ग्लोबल आईएमई बैंक र निर्यात व्यवसायीबीच सम्झौता
काठमाडौं ।
ग्लोबल आईएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच सम्झौता भएको छ । महासंघमा आबद्ध सदस्य संघ//संस्थाहरूलाई सहुलियतपूर्ण कर्जाका साथै सरल र सहज बैंकिङ सेवाहरू प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा बैकले बिहीबार हस्ताक्षर थरेको हो । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा महासंघका अध्यक्ष रामबहादुर गुरुङले हस्ताक्षर गरेका हुुन् ।
सम्झौताअनुसार बैंकले निर्यात व्यवसायीहरूलाई आवश्यकताअनुसार अल्पकालीन तथा दीर्घकालीन अवधिसम्मका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्नेछ । साथै बैंकले महासंघका सदस्यहरूलाई आवश्यक अन्य बैंकिङ सेवा सरल र सहजरूपमा उपलब्ध गराउने जनाएको छ । सम्झौताअनुसार बैंकले कर्जा प्रदान गर्ने, निकासी डकुमेन्ट खरिद गर्ने, नगद अनुदान, पुनर्कर्जा, विदेशीमुद्रा खाता तथा सटही सुविधालगायत निर्यात व्यवसायसँगसम्बन्धी अन्य सेवाहरू उपलब्ध गराउनेछ ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले समझदारीको प्रमुख उद्देश्य देशमा उत्पादित वस्तुहरूको निर्यात वृद्धि गरी अर्थतन्त्रलाई थप बल पु-याउन महासंघका सदस्य संघसंस्था तथा व्यवसायीहरूको हकहितमा विभिन्न क्रियाकलाप गर्ने रहेको बताए ।
बैंकले निर्यात व्यवसायको प्रवर्द्धनमा विशेष सुविधा दिने बताउँदै अध्यक्ष ढकालले निर्यात व्यवसाय मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको र हाल व्यवसायीहरू कोभिड–१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी महासंघमा आबद्ध भएका निर्यात व्यवसायीहरूलाई आवश्यकतानुसार अल्पकालीनदेखि दीर्घकालीन अवधिसम्मको लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्नेदेखि बंैकिङ सेवालाई सरल र सहजरूपमा उपलब्ध गराउने गरी समझदारी भएको बताए ।
ग्लोबल आईएमई बैंकसँगको सहकार्यले महासंघसँग आबद्ध संस्थाहरूलाई आवश्यक बैंकिङ कारोबारमा सहज हुने बताउँदै महासंघका अध्यक्ष गुरुङले महासंघले आनफ्ना सदस्य रहेका निर्यात व्यवसायीहरूलाई बैंकसँग कारोबार गर्न प्राथमिकता दिने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले बैंक पनि निजी क्षेत्रको एक संस्था भएकोले निजी क्षेत्रका बैंकिङ समस्या समाधान गर्दै आपसमा सहकार्य गर्ने बैंकको उद्देश्य रहेको बताए ।
महासंघका महासचिब दुर्गा विक्रम थापाले कोभिड अगाडिको वर्ष ९५ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको र अबका दिनमा निर्यातलाई प्रवद्र्धन गर्न महासंघले विशेष कार्यक्रमहरू गर्ने बताए । कार्यक्रममा बैंकका कर्मचारी, महासंघका पदाधिकारी तथा सदस्यहरू, पत्रकार तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया