मुख्यमन्त्रीले अभिभावकत्व लिएका विद्यार्थीलाई आवश्यक सामग्री प्रदान
विराटनगर, पुस २०
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अभिभावकत्व लिएका विद्यार्थीलाई शुक्रबार आवश्यक सामग्री हस्तान्तरण गरिएको छ । गत वर्ष मुख्यमन्त्री राईले अल्पसंख्यक समुदायका तीन जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका थिए । मोरङको रतुवामाई नगरपालिका ५ र ६ नम्बर वडाका रोजिना खातुन, सुदर्शन मुर्मु र विनोद मुर्मुको घरमा पुगेर आवश्यक सामग्री प्रदान गरिएको हो । मोरङको रतुवामाईस्थित सरस्वती माविमा अध्ययनरत यी बालबालिकाहरुलाई आवश्यक पर्ने शैक्षिक सामग्री, खाद्यान्न सामग्री र जाडोको लत्ता कपडा प्रदान गरिएको हो ।
रतुवामाई नगरपालिका वडा नं ६ का वडा अध्यक्ष तुलाराम लुँइटेल, समाजसेवी, भरतमणि कार्की, शिक्षक भिम लुइँटेल, शिक्षिका भीमकला बस्नेत र विद्यार्थी नेता भाष्कर खनालको उपस्थितिमा मुख्मन्त्रीको तर्फबाट प्रेस सल्लाकहकार ध्रुव सुवेदीले आवश्यक सामग्री प्रदान गरेका थिए । विद्यार्थी भर्ना अभियानको क्रममा २०७५ वैशाख ९ गते यी बालबालिकाहरुको मुख्यमन्त्री राईले अभिभावकत्व ग्रहण गरेका थिए । उनीहरु बाल कक्षामा अध्ययनरत छन् । अत्यन्तै गरिब परिवारका यी बालबालिकाहरुको पठनपाठन र रेखदेखको जिम्मेवारी मुख्यमन्त्री राईले लिएका हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया