नाडा प्रतिनिधिमण्डल र भन्सार विभागका महानिर्देशकबीच छलफल
काठमाडौं, पुस २१
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र भन्सार विभागका महानिर्देशकबीच भेटी फेयर ट्रेडबारे छलफल भएको छ । नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको १० सदस्यीय नाडा प्रतिनिधिमण्डलले आइतबार भन्सार विभागका महानिर्देशक सुमन दाहालसँग भेटी फेयर ट्रेडलगायत नेपालको भन्सार प्रशासन, भन्सार मूल्यांकन र भन्सार जाँचपासको क्रममा देखिएका प्रक्रियागत समस्याहरुबारे विस्तृत छलफल गरेको हो । उक्त छलफलको क्रममा नाडाका पदाधिकारी तथा सदस्यहरुले भन्सार प्रशासन, भन्सार मूल्यांकन र भन्सार जाँचपासको क्रममा देखिएका प्रक्रियागत समस्याहरुबारे आ आफनो धारणा राखेका थिए ।
छलफलमा महानिर्देशक दाहालले व्यवसायीहरुले फेयर ट्रेडको अनुकरण गर्नुपर्ने र संस्थाले त्यसको लागि आवश्यक वातावरण तयार गरि दिनुपर्ने बताए । सोहि क्रममा उनले पैठारी गर्ने कम्पनीहरु आफैले कर्मचारी राखि क्यियरेन्स एजेण्ट समेतको काम गर्न पाउने व्यवस्था गरिएको जानकारी दिँदै नेपालको आधिकारिक एजेन्सीले मात्र पैठारी गर्न पाउनु पर्ने नाडाको सुझाव मननीय रहेको बताए ।
छलफलको क्रममा उनले बिल अफ एक्सपोर्टको कागज नआईकन भन्सार क्लियरेन्स पनि हुन नसक्ने बताउँदै भन्सार विभागको मुख्य जिम्मेवारी भनेको व्यापार सहजीकरण भएको र भन्सार विभागले अहिले झण्डै शतप्रतिशत आशिकुडाअनुसार कार्य गर्दै आएको बताए । त्यसैगरी उनले साफटा सुविधामा धेरै दुरुपयोग भएकोले यसमा सहकार्य गरेर अघि बढने बताउँदै नाडाजस्तो संस्थामार्फत काम गर्न सहज हुने भए पनि सरकारले संघ/संस्थालाई वास्तविक रुपमा उपयोग गर्न नसकेको बताए ।
उनले नाडासँग गरिएको समझदारीलाई आफ्ना सबै सदस्यहरुमा पु-याउनुपर्ने, व्यवसायको शुद्धीकरण आफैँबाट सुरु गर्नुपर्ने, व्यवसाय गर्नेले भन्सार र कर सम्बन्धमा आवश्यक जानकारी राख्नुपर्ने धारणा राखे । यसलाई मूर्तरुप दिन भन्सार विभागले प्रत्येक वर्ष भन्सार दिवस मनाउँदै आएको र नाडाले पनि यस्तो दिवसको अवसरमा प्रशिक्षण कार्यक्रमहरु राख्न आग्रह गरे । उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाललगायत नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्यसमिति सदस्य दीपक अग्रवाल, सुरज भट्टराई, मिलनबाबु मल्ल, पंकज अग्रवाल र कपिल शिवाकोटी समेतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया