सरकारको कुुल खर्च चार खर्ब १५ अर्ब ७५ करोड
काठमाडौँ ।
सरकारले चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा चार खर्ब १५ अर्ब ७५ करोड रुपैयाँ खर्च गरेको छ । नेपाल राष्ट्र बैंकको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी छ महिनाको प्रतिवेदनअनुसार २०७७ पुस मसान्तसम्ममा चालू खर्च तीन खर्ब ४२ अर्ब ३६ करोड, पुँजीगत खर्च ५० अर्ब ८२ करोडर वित्तीय व्यवस्थाअन्तर्गतको खर्च २२ अर्ब ५७ करोड समेत गरी कुल चार खर्ब १५ अर्ब ७५ करोड रुपैयाँ खर्च भएको छ ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा सरकारको कर राजस्व तीन खर्ब ८६ अर्ब ५३ करोड र गैरकर राजस्व ३५ अर्ब ७० करोड गरी कुल राजस्व चार खर्ब २२ अर्ब २४ करोड (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत) परिचालन भएको छ । समीक्षा अवधिमा संघीय सरकारले सात अर्बको ट्रेजरी बिल र ५० अर्बको विकास ऋणपत्र गरी कुल ५७ अर्ब आन्तरिक ऋण परिचालन गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । चालू आवको छ महिनामा विस्तृत मुद्राप्रदाय नौ दशमलव छ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय पाँच दशमलव तीन प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ पुस मसान्तमा विस्तृत मुद्राप्रदाय २३ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति एक खर्ब २४ अर्ब ९२ करोड अर्थात् नौ दशमलव चार प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति २६ अर्ब ६५ करोड अर्थात् दुुई दशमलव सात प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा सञ्चित मुद्रा चार दशमलव नौ प्रतिशतले घटेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा पाँच दशमलव छ प्रतिशतले घटेकोे थियो । वार्षिक विन्दुगत आधारमा २०७७ पुस मसान्तमा सञ्चित मुद्रा २७ दशमलव छ प्रतिशतले बढेको छ ।
चालू आवको पछिल्लो छ महिनामा कुल आन्तरिक कर्जा भने आठ दशमलव दुुई प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा दुुई दशमलव चार प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ पुस मसान्तमा यस्तो कर्जा २० दशमलव एक प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ११ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी आठ दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ पुस मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १५ प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया