हुलास स्टिलद्वारा छाना छाउने कर्कटपाता गल्भाअलुम उत्पादन सुरु
काठमाडौं ।
हुलास स्टिल इन्डष्ट्रिज लिमिटेडले नयाँ प्रकृतिको छाना छाउने कर्कटपाता गल्भाअलुम उत्पादन सुरु गरेको छ । उद्योगले बजारमा गल्भाअलुम ड्युराकलरको ब्राण्डमा बिक्रीवितरण गर्ने जनाएको छ । कम्पनीका अनुसार गल्भाअलुम कर्कटपाता उत्पादन गर्दा कोल्डरोल्ड सिटमा ५५ प्रतिशत आल्मुनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन कोटिङ गरी उत्पादन गरिनेछ ।
सोही कारण साधारण ग्याल्भनाइज्ड कर्कटपाताको तुलनामा गल्भाअलुम कर्कटपातामा जंकप्रतिरोधी क्षमता तीन गुणा बढी हुने कम्पनीले जनाएको छ । नेपालमा पहिलोपटक अष्ट्रेलियन प्रविधिको कोटिङ प्रयोगमा ल्याइएको हुनाले कर्कटपाताको टिकाउपना तीन गुणा बढी रहने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया