वर्ल्डलिंक सद्भावना दूतमा खतिवडा नियुक्त
काठमाडौं ।
ब्रोडब्यान्ड सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको सद्भावनादूतमा पूर्वमिस नेपाल शृंखला खतिवडा नियुक्त भएकी छिन् । कम्पनीको २५औं वार्षिकोत्सवका अवसरमा खतिवडालाई सद्भावनादूतका रूपमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले विश्वस्तरीय इन्टरनेट सेवा दिन कम्पनी सधैँ प्रतिबद्ध भएर लाग्ने बताए । सद्भावनादूतका लागि सम्झौतामा हस्ताक्षर गरिसकेपछि खतिवडाले नेपालको नम्बर एक ब्रोडब्यान्ड सेवाप्रदायकका रूपमा नेपालभर गरेको विस्तारित कम्पनीको सद्भावनादूत हुन पाएकामा निकै खुसी भएका बताइन् ।
साथै यस कम्पनीले समाज हितका विभिन्न क्रियाकलापमा पनि संलग्न हुँदै आइरहेको उनको भनाइ थियो । नयाँ कामहरू गरिरहेका र उपभोक्ताहरूलाई उत्कृष्ट सेवा दिन उच्च प्रविधिको प्रयोग गरिरहेका नेपालका युवाहरूका लागि कम्पनी प्रेरणाको स्रोत पनि बनिरहेको उनले बताइन् । सद्भावनादूत सम्झौता हस्ताक्षर कार्यक्रम वल्र्डलिंकको मुख्य कार्यालय जावलाखेलमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा अध्यक्ष दिलीप अग्रवाला, बोर्ड निर्देशक मनोज अग्रवालको पनि उपस्थिति थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
- एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको अवसर खोजिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया