संसारमा थपिए छ सय १० नयाँ अर्बपति
६८ देशमा बस्छन् ३ हजार २ सय २८ अर्बपति
बेइजिङ ।
कोरोनाले पिरोलेको वर्ष २०२० मा संसारभर छ सय १० नयाँ अर्बपति बनेका छन् । कोरोना महामारीका बाबजुद चीनमा एकैवर्ष ३ सय १८ जना नयाँ अर्बपतिको उदय भएको हो । ‘हुरुन ग्लोबल रिच लिस्ट २०२१’ले गत वर्ष थपिएको अर्बपतिबारे खुलासा गरेको हो । यसअनुसार ३ सय १८ जना चीनका र ९५ जना अमेरिकाका रहेका छन् ।
गत जनवरी १५ मा भएको मूल्यांकनका आधारमा तयार भएको रिपोर्ट सार्वजनिक भएको हो । रिपोर्टअनुसार धेरै अर्बपति भएको देशमा चीनले अमेरिकालाई पछि पारेको छ । यसअनुसार गत वर्ष चीनमा एक हजार ५८ डलर अर्बपति रहेकामा अमेरिकामा केवल ६ सय ९६ जना मात्रै यस्ता अर्बपति छन् ।
सेयरबजारमा हरियाली छाउनु, कम्पनीहरुको सूचीकरण बढ्नु र कोरोनाबाट उम्किनसक्नुलाई यसको कारण मानिएको हुरुन रिपोर्टका प्रमुख तथा अनुसन्धान प्रमुख रुपर्ट हुगेवर्फले बताए । दशकौँपछिको सार्वजनिक स्वास्थ्य संकटले अर्थतन्त्रमा गम्भीर प्रभाव पार्दा धनीहरु अझै धनी भएका छन् । केही उच्च धनीहरुको ०.०१ प्रतिशत सम्पत्ति ३२ प्रतिशतले बढेर १ सय ४७ खर्ब डलर पुगेको रिपोर्टले देखाएको छ ।
उनीहरुको वरीयता समेत बढेको छ भने ६८ देशमा दुई हजार चार सय दुई कम्पनीमा तीन हजार २ सय २८ डलर अर्बपति पुगेको रिपोर्टले देखाएको छ । चीनमा ठूला अर्बपतिको मुख्य ध्यान खिच्ने १० मुख्य सहरमध्ये चीनमै ६ वटा छन् । त्यसमा पनि चिनियाँ राजधानी सहर बेइजिङ लगातार छैठौँ वर्ष १ सय ४५ अत्यधिक धनीको गृहसहर बनेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको सांघाईमै १ सय १३ अर्ब पति छन् भने अमेरिकी सहर न्युयोर्कमा १ सय १२ जना, चीनको शेन्जेनमा १ सय ५ जना र हङकङमा ८२ अर्बपति छन् ।
रिपोर्ट तयार हुने बेला टेस्लाका मालिक एलन मस्क विश्वकै धनी सय अर्ब बढी सम्पत्ति भएका अर्बपति बनेका थिए । सन् २०२० मा टेस्लाको सेयर ६ सय २२ प्रतिशतले बढेको थियो । त्योसँगै मस्क १ खर्ब ९७ अर्ब अमेरिकी डलर सम्पत्ति रहेको अनुमान गरिएको थियो । जुन अमेजनका संस्थापक जेफ बेजोसको १ खर्ब ८९ अर्ब डलरभन्दा धेरै थियो ।
अर्बपति क्लबका नयाँ अतिथि नोङ्फु स्प्रिङका प्रमख तथा संस्थापक झोंग शान्सानसँग नै ८५ अर्ब डलर सम्पत्ति रहेको छ । उनी सर्वाधिक धनीको सातौँ नम्बरमा छन् । उनको कम्पनीले हङकङको सेयरबजारमा आईपीओ जारी गरेको थियो । त्योसँगै कम्पनीको पुँजी ८७ अर्ब डलर पुगेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया