राष्ट्रिय सहकारी बैंकलाई प्रदेशशाखा खोल्न अनुमति
काठमाडौं ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडले सातवटै प्रदेशमा प्रदेशशाखा कार्यालय सञ्चालनका लागि अनुुमति पाएको छ । नेपाल राष्ट्र बैंकले बुधवार सात प्रदेशका लागि प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति उक्त बैंकलाई अनुुमति दिएको हो । प्रदेश नं. १ को विराटनगर, प्रदेश नं. २ को जनकपुर, वाग्मती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश कार्यालयका लागि राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो ।
प्रदेशअन्तर्गतका सबै शाखा कार्यालयहरूलाई उक्त प्रदेशको शाखा कार्यालयअन्तर्गत राख्ने तथा प्रदेश कार्यालयले मातहतका शाखा कार्यालयहरूसँग समन्वयात्मक तथा प्रशासनिक कार्यहरू गर्नका लागि प्रदेश शाखा कार्यालयको स्वीकृति दिइएको छ । देशमा संघीय संरचना सुरु भएपछि नै सहकारी बैंकले प्रदेश कार्यालय सञ्चालनको तयारी गरेको थियो ।
बैंकको साधारणसभाको प्रदेश शाखा कार्यालय स्थापना गर्ने निर्णयअनुसार नेपाल राष्ट्र बैंकमा माग गरिएको र स्वीकृति प्राप्त भएको सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए । प्रदेशअन्तर्गतका शाखाहरूको संयोजनकारी भूमिका निर्वाह गर्नेगरीे छिटै प्रदेशशाखा कार्यालयहरू सञ्चालन गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गरागाईंले जानकारी दिए । प्रदेश शाखाले सम्बन्धित प्रदेशमा बैंकले सञ्चालन गर्ने शिक्षा, तालिमलगायत प्रशासनिक कामको संयोजक गर्नेछ ।
राष्ट्रिय सहकारी बैंकमा हाल ६८ वटा शाखा कार्यालयहरू सञ्चालनमा रहेका छन् । बैंकका करिब १३ हजार सहकारी संघसंस्था सदस्य रहेको बैंकले दुई अर्ब ८५ करोड सेयर रकम, ५८ अर्ब निक्षेप र ३० अर्ब कर्जा लगानी गरेको छ । बैंकले सदस्य संस्थाहरूसंग वित्तीय कारोबारसँगै संस्थाहरूको संस्थागत विकासका लागि स्तरीकरणलगायत शिक्षा तथा तालिमका कार्यक्रमहरू निरन्तर गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सुन तस्करीको आरोप लागेका सुमनमान ताम्राकारविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया