दुधमा आत्मनिर्भर बन्न वार्षिक प्रतिव्यक्ति १३ लिटर अपुग
कास्की ।
नेपाल दुग्ध उत्पादनमा आत्मनिर्भर बन्न नसके पनि सोको नजिक रहेको पाइएको छ । देशभरि रहेका दुग्ध प्रशोधन उद्योगको छाता संस्था डेरी उद्योग संघको शुक्रबार पोखरामा भएको १२औँ वार्षिक साधारणसभामा हालको दुधको उपलब्धता प्रतिव्यक्ति ७८ लिटर प्रतिवर्ष रहेको जानकारी दिइएको हो ।
दुधमा आत्मनिर्भर हुनको लागि विश्व खाद्य तथा कृषि संगठनको सिफारिसअनुसार दैनिक दुई सय ५२ मिलि प्रतिव्यक्ति वा वार्षिक ९१ लिटर प्रतिव्यक्ति आवश्यक पर्नेमा हाल नेपालमा सोअनुसार उपलब्ध नभएको र वार्षिक अझै प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दुध अपुग रहेको सङ्घका केन्द्रीय अध्यक्ष राजकुमार दाहालले बताए ।
उनका अनुसार दुग्ध उत्पादनमा आत्मनिर्भरताको नजिक पुग्नु नेपालका लागि ठूलो अवसर पनि हो । नेपालमा हाल दुधको उत्पादन २२ लाख ६८ मेट्रिक टन रहेकामा गाईको दुधको हिस्सा लगभग ३० देखि ३५ प्रतिशत र भैँसीको ६५ प्रतिशत रहेको जनाइएको छ । कूल दुध उत्पादन वृद्धि गत वर्षको तुलनामा करिब चार प्रतिशतको रहेको अध्यक्ष दाहालले जानकारी दिए । संघका अनुसार नेपालको निजी क्षेत्रको डेरी उद्योगमा ३० अर्ब रूपैयाँको हाराहारीमा लगानी भएको र ३० हजार रोजगारी सिर्जना भएको छ । देशभर दुग्ध उत्पादन व्यवसायमा पाँच लाख कृषक परिवार आबद्ध रहेका छन् ।
दुग्ध क्षेत्रको मात्र कूल राष्ट्रिय उत्पादनमा नौ प्रतिशत योगदान रहेको र दैनिक पाँच करोड रूपैयाँ तथा वार्षिक १२ अर्ब रूपैयाँ सहरबाट गाउँतर्फ नगद प्रवाह भइरहेका कारण दुग्ध उत्पादन व्यवसाय ग्रामीण स्वरोजगारको मुख्य अंग बनेको बताइन्छ । नेपालमा भारत तथा तेस्रो मुलुकबाट करिब दुई अर्ब रूपैयाँभन्दा बढीको दुध र दुग्धजन्य पदार्थ आयात भइरहेको छ ।
नेपालमा ठूला दुग्ध प्रशोधन उद्योग चार, मझौला ३०, साना ५० र घरेलु तथा साना गरी पाँच सयभन्दा बढी दुध उत्पादन गर्ने क्षमताका डेरी रहेको संघका निर्वतमान अध्यक्ष इञ्जिनियर अरनिको राजभण्डारीले जानकारी दिए । संघले स–साना डेरी उद्योगले खाद्यको अनुज्ञापत्र र लेवलविना सञ्चालन भएका कारण उपभोक्ताले पूर्णरूपमा गुणस्तरको प्रत्याभूति गर्न नसकेको तथा अस्वस्थ प्रतिस्पर्धा हुन गएकाले नियमनकारी निकायको ध्यान जानुपर्नेमा जोड दिएको छ ।
त्यस्ता उद्योगमा अनुगमन गरी खाद्य अनुज्ञापत्र, लेबल, भ्याट र प्यानको दायराभित्र ल्याई हालै जारी भएको दुधसम्बन्धी खाद्य स्वच्छता निर्देशिका २०७५ को मूल भावअनुसार दुग्ध क्षेत्रको गुणस्तर अभिवृद्धि गर्न माग गरिएको छ । मौसमअनुसारको दुध उत्पादनको कारण जाडो महिनामा (असोजदेखि फागुनसम्म) उत्पादन बढी भई किसानको दुधले बजार नपाउने अवस्था र गर्मी महिना (चैतदेखि भदौ) सम्म दुधको अभाव भई निर्यातित दुग्धजन्य पदार्थमा निर्भर हुनुपरेको बताइन्छ ।
उत्पादन बढी हुने मौसममा दुधलाई व्यवस्थापन गर्न संघले ‘मिल्क होलिडे’ समस्या न्यूनीकरण गर्न चितवन मिल्क लिमिटेड र पोखरास्थित सुजल डेरीमा लगेर सम्पूर्ण निजी डेरी उद्योगमा बढी दुधलाई धुलो दुधमा रूपान्तरण भइरहेको अध्यक्ष दाहालले बताए । चालू आर्थिक वर्षमा दुवै उद्योगमा गरी ९० लाख लिटर दुध धुलो दुधमा परिणत गरिसकिएको बताइन्छ ।
भारतको बहुर्राष्ट्रिय कम्पनी अमूलले नेपालको पूर्वी क्षेत्रबाट दुध किनेर सीमाभन्दा सात किमी टाढा सिक्किममा रहेको आफ्नो प्रशोधनशालामा लाने योजना सार्वजनिक गरेको भन्दै संघले सो कार्य नेपाली अर्थतन्त्रको लागि चिन्ताजनक रहेको जनाएको छ । यसबाट कच्चा दुध निर्यात गरी प्रशोधित दुग्ध पदार्थ आयात गर्नुपर्ने अवस्था आउने र नेपाली डेरी उद्योग आफ्नो क्षमताभन्दा कममा सञ्चालन हुने बताइन्छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- चीनले ऋणको ब्याजदर घटायो
- टोकियोदेखि न्युयोर्कसम्मका सेयरबजार हिट मोडमा
- अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२० पुग्यो
- वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’
- सुर्खेत बस दुर्घटनामा दुईको मृत्यु, २१ घाइते
- जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
- मर्मतसम्भार नहुँदा जलेश्वर कारागार जीर्ण
- २१ सय बिन्दुमा नजिक पुग्यो बजार परिसुचक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया