विद्यार्थीलाई इलेक्ट्रिकल भेहिकल बनाउन गोल्छा ग्रुपको सहयोग
काठमाडौं ।
नेपाली विद्यार्थीलाई इलेक्ट्रिकल भेहिकल बनाउन गोल्छा ग्रुपले सहयोग गर्ने भएको छ । थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीले इभी अर्थात् इलेक्ट्रिकल भेहिकल बनाएका छन् । उनीहरुले यो ईभी भेइकल मान्छे बोक्न वा सामान ढुवानी गर्नका लागि होइन, आगामी सेप्टेम्बरमा आयोजना हुनलागेको विश्व प्रतिस्पर्धाका लागि बनाएका हुन् ।
अहिले गाडीको चेसिस मात्र तयार भएको छ । सिरेटो टिमका अनुसार कलेजको परीक्षाका कारण ईभीको बाहिरी भाग (फ्रेम) बनाउने काम बाँकी छ । उनीहरुले बाहिरी भाग नि चाँडै बनाउँदै छन् । उनीहरुको टिमको नाम सिरेटो रहेको छ । सिरेटो टिम भन्दा सुन्नेहरू अक्मकिन्छन् तर, उनीहरूले नयाँ कामको सुरुवातलाई मौसम परिवर्तन हुँदा चल्ने चिसो बतास (सिरेटो)सँग जोडेर टिमको नामकरण गरेका हुन, अर्थात् प्रतियुनिट विद्युत्बाट केही किलोमिटर गुड्ने गाडीलाई मौसम परिवर्तनजस्तै अनुभूति गराउँदै धेरैभन्दा धेरै माइलेज दिने योजनामा तन–मनले लागेका छन् ।
सेल इनर्जीले अमेरिका, युरोप र एसियाली मुलुकमा म्याराथन आयोजना गर्दै आइरहेको छ । जहाँ विद्युतीय, पेट्रोलियम र हाइड्रोजन फ्युलबाट चल्ने गाडीबीच प्रतिस्पर्धा हुन्छ । यो प्रतिस्पर्धामा थोरै इनर्जी खपत गरेर धेरै माइलेज दिने आविष्कार उत्कृष्ट ठहरिन्छ । सिरेटो टिममा स्नातक तेस्रो वर्षमा अध्ययनरत मेकानिकल, अटोमोबाइल, इलेक्ट्रिकललगायत विभिन्न विधाका १० विद्यार्थी सहभागी छन् । फ्याकल्टी एडभाइजर सुबोधकुमार घिमिरेले उनीहरूलाई डो-याइरहेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया