आईएमई जनरल इन्स्योरेन्सले बीमा समितिको नाममा काटेको चेक बाउन्स
काठमाडौं ।
आईएमई जनरल इन्स्योरेन्स कम्पनीले बीमा समितिलाई दिएको चेक बाउन्स भएपछि कारबाही प्रक्रिया अघि बढाइएको छ । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले बीमा समितिको नाममा जारी गरेको दुई लाख रुपैयाँ र २३ हजार सात सय ५१ रुपैयाँको दुईवटा चेक बाउन्स भएको छ ।
आर्थिक दैनिकलाई प्राप्त कागजातमा आईएमई जनरल इन्स्योरेन्स कम्पनीको नेपाल इन्भेष्टमेन्ट बैंकको …….. ६१० नम्बरको खातामा २३ हजार सात सय ५१ रुपैयाँ समेत नहुँदा चेक बाउन्स गर्नुपरेको नेपाल क्लियरिङ हाउसले पठाएको नोटमा जनाइएको छ । सोही दिन थप दुई लाख रुपैयाँको चेक समेत बाउन्स भएको छ ।
बीमा समितिले यही चैत १ गते नबिल बैंकमा रहेको खातामा चेक जम्मा गर्दा पर्याप्त मौज्दात नभएको कारणले भुक्तानी हुन नसकेको विषयमा बीमा समितिमा हल्लाखल्ला भएपछि आईएमई जनरल इन्स्योरेन्सका कर्मचारी बीमा समितिमा आएर समस्या हल गर्ने प्रयास गरेका थिए । नियमनकारी निकायको बीमा पोलिसीमाथि दाबी परेपछि भुक्तानीको लागि काटिएको चेक नै बाउन्स भएपछि बीमा समितिको नियमनमाथि नै गम्भीर प्रश्न खडा भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया