सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्न नियुक्त ग-यो बिक्री प्रबन्धक
काठमाडौं ।
सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । आज काठमाडौँमा भएको एक कार्यक्रमका बीच सर्वोत्तमले आईपीओ जारी गर्न ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । साथै कम्पनीले आजै प्रभु क्यापिटल र एनआईबीएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक समेत नियुक्त गरेको छ ।
सर्वोत्तमले बुक विल्डिङको माध्यमबाट आईपीओ जारी गर्ने तयारी अन्तिम गरेको छ । आईपीओ जारी गरेको ३ महिनाभित्रै ३५ प्रतिशतसम्म लाभांश दिने समेत कम्पनीले दाबी गरेको छ । तीन अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता सेयर संस्थागत लगानीकर्ता, स्थानीय जिल्लावासी र कर्मचारी तथा अन्य सर्वसाधारणका लागि आईपीओको रुपमा जारी गर्ने भएको हो ।
कुल ६० लाख कित्ता सेयरमध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताहरुका लागि, आठ लाख कित्ता स्थानीय जिल्लाबासीका लागि र बाँकी २८ लाख कित्ता सेयर कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको कम्पनीले जनाएको छ । न्यूनतम ६० कित्ता सेयरका लागि आवेदन दिनुपर्ने कम्पनीको आन्तरिक मूल्यांकनका आधारमा न्यूनतम सेयर मूल्य सात सय ५० हुने अनुमान गरिएकोमा संस्थागत योग्य लगानीकर्ताहरुद्वारा बोलकबोल विधिबाट अझ बढ्न सक्ने जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बैंक बित्त बजार
ताजा अपडेट
- मन्त्री परिषदको निर्णय : विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने
- बजेटमा महासंघको सुझावः भ्याटलाई १३ प्रतिशतबाट १० मा झार्नुपर्ने देखि स्टार्टअप उद्योगलाई १० वर्षसम्म आयकर छुट
- रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न
- पार्टीलाई बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री अधिकारी
- ज्योति विकास बैंकद्वारा कर्मचारीलाई सम्मान
- जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन
- पाशुपत क्षेत्र धार्मिक पवित्र स्थल हो, भाषण गर्ने ठाउँ होइन: मन्त्री तामाङ
- पशुपति क्षेत्र विकास कोषको वार्षिक उत्वमा वृक्षरोपण र रक्तदान कार्यक्रम
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया