हुन्डाईले पायो ‘सर्टिफिकेट अफ एप्रिसिएसन’
काठमाडौं ।
हुन्डाई हेभी इक्विपमेन्टको नेपालका लागि आधिकारिक वितरक कन्स्ट्रक्सन सोलुसन्स नेपालले हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डियाबाट स्टार अवार्डका साथै ‘सर्टिफिकेट अफ एप्रिसिएसन’ पाएको छ ।
हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डिया प्रालिका म्यानेजिङ डाइरेक्टर जिन सेओङ पार्कको उपस्थितिमा सो अवार्ड प्रदान गरिएको थियो । सन् २०२० मा नेपाली एक्स्काभेटर बजारमा नम्बर १ स्थान लिन सफल भएबापत सो सर्टिफिकेट कन्स्ट्रक्सन सोलुसन्स नेपाललाई प्रदान गरिएको हो । नेपाली एक्स्काभेटर बजारमा विगत ३–४ वर्षयता हुन्डाई मार्केट लिडर रहँदै आएको बताईएको छ ।
हुन्डाई इन्डियाले गरेको सहयोग र हालै प्रदान गरिएको अवार्डप्रति कन्स्ट्रक्सन सोलुसन्स प्रालिका म्यानेजिङ डाइरेक्टर सन्दिप सारडाले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत यो क्षेत्रमा सधैँ नम्बर १ रहन परिश्रम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले ग्राहक र डिलर पार्टनरको मिहिनेत र उत्कृष्ट कार्यप्रति कृतज्ञ भएको बताउँदै यसैको प्रतिफल नै यो उपलब्धि भएको बताए ।
महामारीका बाबजुद हुन्डाई एक्स्काभेटर नेपालमा नम्बर १ रहन सफल भएको र यसले एक्स्काभेटर सेग्मेन्टको बढ्दो बजारलाई देखाएको छ । नेपाली एक्स्काभेटर सेग्मेन्टको बजारमा हुन्डाई एक्स्काभेटरले २७ प्रतिशत बजार हिस्सा लिएको कम्पनीको भनाइ छ । निर्माण र अन्य विभिन्न क्षेत्रमा हुन्डाईका मेसिन प्रयोग भइरहेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया