माछापुच्छ्रे बैंकद्वारा कन्ट्याक्टलेस कार्ड सार्वजनिक
काठमाडौं ।
माछापुच्छ्र बैंक लिमिटेडले भिषा कार्डमार्फत हुने कारोबारहरूलाई अझ सहज बनाउने उद्देश्यले कन्ट्याक्टलेस कार्ड सेवा सुरु गरेको छ । आमग्राहकलाई नयाँ र सहज सेवा प्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याकलेस कार्ड सेवा सञ्चालनमा गरिएको बैंकले जानकारी दिएको छ । कन्ट्याकलेस कार्ड सेवाअन्तर्गत कन्ट्याकलेस कार्डको प्रयोग गरी (पोइन्ट अफ सेल्स)मा कारोबार गर्दा आफ्नो कार्डको पिन राख्नु पर्दैन, उक्त ट्याप एण्ड पे सुविधामा ट्याप गरेर सजिलै कारोबार गर्न सकिनेछ ।
कन्ट्याकलेस कार्डअन्तर्गत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दुई हजार रुपैयाँसम्मको भुक्तानी गर्दा पिनको आवश्यकता पर्दैन भने दुुई हजारभन्दा बढीको काराबोर गर्दा कार्ड पिन नम्बर राख्नुपर्ने हुन्छ । बैंकले उक्त सेवा आफ्ना अधिकांश पस मसिनलाई ट्याप एण्ड पे सुविधायुक्तमा स्त्तरोन्नति गरिसकेको छ । उक्त सुविधा लिनको लागि बैंकका ग्राहकले नजिकको शाखामा सम्पर्क राखी कन्ट्याक्ट लेस कार्ड लिन सक्नेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री
- चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु
- पहाडी र तराई क्षेत्रका केही स्थानमा वर्षा हुने
- आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया