चीनसँगको व्यापार र मानवअधिकारको विषयलाई अलग्याउन अमेरिकालाई बोइङको आग्रह
अमेरिका ।
चर्चित विमान निर्माता कम्पनी बोइङले चीनसँगको मानवअधिकार र अन्य विवादलाई व्यापार सम्बन्धसँग नजोड्न आग्रह गरेको छ । उसले आफू चीनबाट बाहिरिएमा त्यसको फाइदा युरोपेली विमान निर्माता एयरबसले पाउने चेतावनी समेत दिएको छ ।
कम्पनीका प्रमुख कार्यकारी डेभ कलहनले एउटा अनलाइन बिजनेस फोरममा अमेरिकी सरकारसमक्ष यस्तो आग्रह गरेको रोयटर्सले जनाएको छ । उनले युरोपसँगको कम्पनीलाई दिने सहुलियतसम्बन्धी १६ वर्ष लामो विवाद अन्त्य हुने पनि आशा गरे । उनले नयाँ राष्ट्रपति जो बाइडेन प्रशासनलाई चीनसँग राजनीतिक रुपमा कठिन समय भएको बताउँदै यसका बाबजुद चीनसँग व्यापार गर्नैपर्ने बाध्यता रहेको बताए ।
यूएस चेम्बर अफ कमर्स एभिएसन समिटमा बोल्दै उनले चीन अमेरिकाको विश्वमै ठूलो व्यापार साझेदार भएको बताए । उनले व्यापारसँग बौद्धिक सम्पत्ति, मानवअधिकार र अन्य विवाद जोड्न नहनुे बताए । बोइङ प्रमुखले यस्तो टिप्पणी गर्नुलाई अर्थपूर्ण मानिएको छ । बोइङसँगै युरोपेली एयरबसले बेच्ने चार भागको एक भाग चीनमै बिक्री गर्ने गरेका छन् । चीनले विश्वकै ठूलो घरेलु यात्रा बजारबाट अमेरिकालाई पाखा लगाइसकेको छ । चीनले एकैपटक ठूलो संख्यामा अमेरिकी वा युरोपेली कूटनीतिज्ञको भ्रमणका बेला विमान किन्ने गरेको छ ।
१८ महिना लामो चीन–अमेरिका व्यापारयुद्धपछि बोइङले चिनियाँ बजारको सेयर हिस्सालाई लिएर पटक पटक प्रश्नको सामना गर्नुपरेको छ । बितेका वर्षमा चीनले जेट विमान खरिद कम गरिरहेको छ । बेइजिङले पश्चिमा राष्ट्रबाट जातीय र धार्मिक अल्पसंख्यकमाथि गरेको व्यवहारलाई लिएर आलोचना खेप्दै आएको छ । खासगरी सिन्जियाङका उइगुर मुस्लिममाथि न्यायपूर्ण व्यवहार नगरेको पश्चिमा राष्ट्रले आरोप लगाउँदै आएका छन् । चीनले पश्चिमा राष्ट्रले लगाएका आरोपको खण्डन गर्दै आएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभूति गर्ने
- श्रमिक दिवसमा श्रमिक महिला रक्षा संघको र्याली
- बागलुङको सय वर्ष पुरानो तामाखानी अध्ययनको अनुमति
- तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो
- एयरपोर्टमा एडुरोम सेवा
- सानिमा बैंकद्वारा दुर्घटना बीमा रकम हस्तान्तरण
- गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्सबीच सम्झौता
- समृद्धि फाइनान्सका ग्राहकलाई डिलाइट टेलरिङ सेन्टरमा छुट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया