महिला सहयात्रा लघुवित्तको वार्षिक साधारणसभा
काठमाडौं ।
महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्याय रिट्रिटरिसोर्ट बज्रबाराही मकवानपुरको सभाहलमा बुधबार उक्त सभा सम्पन्न भएको हो । सभामा संस्थाका अध्यक्ष अमृतचरण श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
राष्ट्रियस्तरको कार्य क्षेत्र र १३ करोेड ३१ लाख चुक्ता पुँजी रहेको वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफा र सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गर्ने, आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान पारित गर्नुका साथै आव २०७७/७८का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाबाट रिक्त दुई जना सर्वसाधारण सेयरधनीका तर्फको सञ्चालकमा सरिता श्रेष्ठ र दिपक नरसिंह श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संस्थाले नेपालका २१ जिल्लामा ३४ वटा शाखामार्फत अति दुर्गम र पिछडिएका समुदायलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया