कर्णाली डेभलपमेन्ट बैंकले कमायो, एक करोड ८३ लाख
काठमाडौं ।
कर्णाली डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ८३ लाख ५१ हजार छ सय ५३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ५९ लाख २८ हजार दुुई सय १० रुपैयाँले ऋणात्मक रहेको थियो ।
चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा चार अर्ब २६ करोड ६६ लाख १४ हजार तीन सय १२ रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ९७ करोड ३२ लाख दुई हजार ५२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड ४३ लाख ३६ हजार १४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकका एक दशमलव १६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा आठ दशमलव ९९ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक करोड ३० लाख ८० हजार दुई सय ९९ रुपैयाँले ऋणात्मक रहेको छ ।
बैंकले गत आवको सोही अवधिमा भने तीन अर्ब ६१ करोड ७६ लाख २५ हजार छ सय ९१ रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ४५ करोड २१ लाख २६ हजार नौ सय ७७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई करोड ५२ लाख ४० हजार सात सय एक रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर छ दशमलव २८ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी
- सुन्तला बेचेर रु २१ करोड भित्रियो
- काठमाडौँ बन्यो विश्वकै पहिलो प्रदूषित सहर
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया