युनाइटेड इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारीमा पौडेल नियुक्त
काठमाडौं ।
युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)ले प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागि उपासना पौैडेललाई नियुक्त गरेको । उनको नियुक्तिसँगै उनी बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत भएकी छिन् भने अर्कोतर्फ हालसम्मकै कम उमेर अर्थात् ३४ वर्षको उमेरमा उक्त पदमा बहाल हुन सफल भएको कम्पनीले जानकारी दिएको छ ।
विगत एक दशकभन्दा बढी कार्यानुभव भएको तथा छिमेकी मुलुक भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस)बाट एमबीएसम्मको अध्ययन पूरा गरेकी उनले भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी हुुन् । उनी युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडमा निमित्त प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गर्दै आएकी थिइन् । उनको कार्यसम्पादनप्रति सन्तुष्ट कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट सम्भव हुने कुरामा विश्वास लिने उनी कर्मचारीको टिमवर्कलाई विशेष महत्व दिने कम्पनीको भनाइ छ । उनकोे आगमनसँगै कम्पनी निरन्तर अगाडि बढिरहेको अवस्थामा उनको प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्तिसँगै थप उचाइमा पुग्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया