ठेगानाको सम्पूर्ण जानकारी ‘कहाँ’ एपमा
काठमाडौं ।
काठमाडौं उपत्यकामा रहेका विभिन्न सार्वजनिक स्थल, होटल, रेष्टुरेन्ट, सरकारी कार्यालयबारे थाहा नहुनेलाई ठेगानाको सम्पूर्ण जानकारी दिनको लागि ‘कहाँ’ एप सार्वजानिक गरिएको छ । कहाँ एपले खोजी गरिएको ठाउँबारे जानकारी दिनेछ । कहाँ स्थानीयकण गरिएको एप हो । यसलाई प्रयोग गर्न निकै सजिलो छ । यसलाइ नेपाली भाषामा समेत उपलब्ध यस एपलाई आइतबार सार्वजनिक गरिएको छ ।
मेसोभिजन टेक्नोलोजीले विकास गरेको कहाँ एपले केही क्लिकमै सोधिएका धेरै प्रश्नको उत्तर दिनेछ । प्रविधिको चरम विकास भएको अवस्थामा पनि नेपालमा ठेगानालाई डिजिटाइज्ड गर्न सकिएको छैन । विदेशमा हेर्दा ठाउँको चिनारी दिन सडक, गल्ली, घरलाई कोड नम्बर दिएर नक्सामा समावेश गरिएको पाइन्छ ।
कसैलाइ घरमा बोलाउनुप-यो भने पहिले त्यस व्यक्तिको लोकेसन सोधेर सवारीसाधनमा फलानोे ठाउँमा झर्ने त्यहाँबाट दायाँ लाग्ने, यस्तो रंगको घर देखिन्छ, त्यसलाई छाडेर अर्काे गल्ली लाग्ने भन्दै धेरै ठाउँको अवस्था वर्णन गरेर बोलाउनुपर्ने अहिलेको अवस्था छ । अनलाइनबाट सामान किन्दा डेलिभरी गर्ने व्यक्तिलाई त्यसैगरी आफ्नो लोकेसन देखाउनुपर्ने अवस्था छ ।
यस्तो समस्यालाई समाधान गर्न कहाँ एप सार्वजनिक गरिएको यस एपको विकासकर्ता नारायणबहादुर क्षेत्रीले बताए । कहाँ एपमा व्यक्तिगत ठेगाना र आफ्नो व्यवसायलाई सूचीकृत गराउन सकिन्छ । आफ्नो व्यवसाय सूचीकृत गरेपछि यसमा व्यवसायको ठेगाना, तस्बिर, उत्पादनहरूलाई व्यक्ति स्वयंले एपमा राख्न सक्छ । त्यसलाई अरूकहाँ प्रयोगकर्ताहरूलाई बाँड्न सकिन्छ ।
यस एपलाई प्रयोगकर्तामैत्री बनाइएको छ । यसमा सन्देश आदानप्रदानको सुविधा समेत छ । आफ्नो समुदायमा भएका असामान्य घटनाहरू जस्तै दुर्घटनाको स्थान, चोरी, आगलागीलगायतका, खतरनाक गतिविधिहरू रिपोर्ट गर्न यस एपलाई प्रयोग गर्न सकिन्छ ।
व्यक्तिगत प्रयोगकर्ताहरूलाई ठेगानाका लागि स्थायी ट्यागहरू दिइनेछ । ती निजी हुनेछन् । कहाँ एपबाट आफ्नो ठेगाना नजिकै पाइने वस्तु तथा सेवाको जानकारी समेत पाउन सकिन्छ । कहाँ एपले प्रदान गर्ने ट्यागहरूमार्फत नजिकका, पसल, ग्यास डिपो, बालुवा डिपो, ब्युटीपार्लर, बार्वर सपलगायतका स्थानहरू खोज्न सकिन्छ । यसमा होटेल, रिसोर्ट्स, गेस्टहाउस, विद्यालयहरू, कलेजहरू, शैक्षिक सेवाजस्ता स्थायी ट्यागहरू त्यसमा हुनेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया