विकास निर्माणको काम सञ्चालन गर्न पाइने
निर्माण सामग्री ढुवानी राति मात्र/खाद्य पसल बिहान ९ बजेसम्म
काठमाडौं ।
सरकारले निषेधाज्ञाको बेलामा पनि विकास निर्माणको कार्य निर्बाध रुपमा सञ्चालन गर्न दिने भएको छ । गृह मन्त्रालयका एक अधिकारीका अनुसार प्रत्येक जिल्ला प्रशासन कार्यालयले नियम बनाएर विकास निर्माणको काम सञ्चालन गर्नका लागि अनुमति दिनुपर्नेछ ।
विकास निर्माणको काम रोकिँदा पुँजीगत खर्च ठप्प हुने भएपछि सरकारले ती कार्य नरोक्ने निर्णय गरेको हो । बीचमा काम रोक्दा अधिकांश आयोजनाहरु अलपत्र पर्ने भएको कारण सुचारु गरिरहने स्थानीय प्रशासनले समन्वय गर्नुपर्नेछ । गत वर्ष लामो समय निर्माणकार्य रोकिँदा समग्र पुँजीगत खर्चमा कमी आएको थियो । सरकारको नीतिका कारण कुनै पनि जिल्लामा विकास निर्माणको काम रोक्न पाइनेछैन । निषेधाज्ञा लगाउने प्रशासन कार्यालयले विकास निर्माणको सामग्री बोकेका सवारीसाधन गुड्ने समय भने तोक्नुपर्नेछ ।
केन्द्र सरकारको नीतिअनुसार उपत्यकाका जिल्लाहरुमा विकास निर्माणको काम गर्दा सम्बन्धित आयोजनाहरुले नै आवासीय कामदार राखी अनिवार्यरुपले स्वास्थ्य मापदण्ड पालन गरी कार्य सञ्चालन गर्नुपर्नेछ भने निर्माण सामग्री ढुवानी राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्र गर्नुपर्नेछ । अन्य ढुवानीका साधन भने बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।
काठमाडौं उपत्यकामा विभिन्न ढुवानीका साधनहरु जुनसुकै बेला पनि गुड्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएर होल्ड गर्नथालेको छ । बुधबारदेखि भने समय तोकेको कारण त्यसभन्दा पछि गुड्ने स्थानीय ढुवानीका साधनलाई नियन्त्रणमा लिएर प्रहरीले कारबाही गर्नेछ ।
यस्तै, काठमाडौं उपत्यकामा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म मात्र खोल्न पाइनेछ । मंगलबारसम्म भने बिहान १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइने थियो । भीडभाड बढेको भन्दै काठमाडौं उपत्यकाका तीनवटै जिल्लाले बिहान मात्र त्यस्ता पसल खोल्न दिन लागेको हो । सरकारले तोकेका स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्र त्यस्ता पसल सञ्चालन गर्न पाइनेछ । औषधि पसल भने जुनसुकै बेला पनि खोल्न पाइने काठमाडौं जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ ।
काठमाडौं प्रशासनले सडक व्यापारमा भने पूर्णतः प्रतिबन्ध लगाएको छ । मंगलबारसम्म साँझ र बिहानको समयमा साइकल तथा ठेलागाडामा व्यापार हुँदै आएको थियो । बुधबारदेखि भने यस्तो व्यापारमा पूर्णतः रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्तिमार्फत जानकारी दिएको छ । साथै कवाडी संकलनमा पनि स्थानीय प्रशासनले रोक लगाएको छ । यो रोक यही वैशाख २९ गते बुधबार राति १२ बजेसम्म हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो निषेधाज्ञा वैशाख ३१ गते शुक्रबारसम्म हुने सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै जनकारी दिएका छन् । एक/एक साताको लागि थप गर्दै लगेको निषेधाज्ञाको विषयमा २९ गतेसम्म अर्को निर्णय हुने बताइएको छ ।
भीडभाड बढेपछि बैंक तथा वित्तीय संस्थाको साथै अन्य सरकारी तथा अर्धसरकारी कार्यालय सञ्चालनमा पनि स्थानीय प्रशासनले कडाइ गरेको छ । कार्यालय सञ्चालन गर्दा भीड बढेपछि सरकारले कडाइ गरेको हो । सीमित कर्मचारी राखेर २५ प्रतिशत शाखा मात्र बैंक तथा वित्तीय संस्थाहरुले खोल्न पाउने स्थानीय प्रशासनले जनाएको छ । बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालय पनि २० प्रतिशतभन्दा बढी कर्मचारी राखेर काम गर्न पाइनेछैन ।
प्रेस र औषधि ढुवानीलाई सवारी पास नचाहिने
प्रिन्टिङ प्रेसमा काम गर्ने, सुरक्षा सम्बद्ध कर्मचारी तथा औषधि आपूर्ति गर्ने परिचय वाहक व्यक्तिको हकमा सम्बद्ध निकाय तथा आपूर्तिकर्ताको अनुमतिपत्र भए सवारी पास नचाहिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्णय गरेको छ ।
यस्तै, पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासका आधारमा आवतजावतमा सहजीकरण गर्ने निर्णय पनि स्थानीय प्रशासनले गरेको छ । सूचना विभागको प्रेस पास नभएका सञ्चारकर्मी/कर्मचारीको हकमा सम्बन्धित सञ्चारगृहले न्यूनतम कर्मचारीहरु मात्र खटाउने र सोको विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउनुपर्नेछ ।
कोरोनाले न्याय परिषद्का सदस्य निरालाको निधन
काठमाडौँ । कोरोना संक्रमणको कारण न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ । पूर्वमहान्यायाधविक्तासमेत रहिसकेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो । कोरोना सङ्क्रमणकै कारण उनको निधन भएको हो ।
चीनबाट २० हजार थान अक्सिजनका खाली सिलिण्डर ल्याइने
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो ।
मन्त्रालयले अस्पताल र सर्वसाधारणलाई खाली सिलिन्डर मौज्दात (होल्ड) नराख्न अनुरोध गरेको छ । नेपालमा अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् । ती अस्पतालबाट दैनिक दुई हजार पाँच सय ४९ सिलिन्डर भर्नसक्ने क्षमता रहेको मन्त्रालयले जनाएको छ । केही अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्कसमेत जडान गरिएको छ । अस्पतालसँग छ हजारभन्दा बढी र अक्सिजन बिक्रेताले दैनिक आठ हजार सिलिन्डर भर्नसक्ने क्षमता छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया