काठमाडौं, माघ २
काठमाडौंको मीनभवनका एक व्यक्तिको चार रोपनी जग्गा व्यवसायीहरु रामेश्वर थापा, मनोजकुमार मिश्रा, कालु गुरुङलगायतका तीन दर्जन भन्दा बढी व्यक्तिले मिलेमतोमा ठगी गरेको भन्दै फिर्ताको माग गर्दै गत सोमबारदेखि आमरण अनशन सुरु गरिएको छ । पीडित गणेशलाल अवालेको परिवार र रविन्द्र उप्रेतीका परिवार अनशनमा बसेका हुन् । पीडकहरुले करोडौंको जग्गा किर्ते गरी लिएको पीडित पक्षको दाबी छ । जग्गा खाने समूहका व्यक्तिहरुको नाम नै ब्यानरमा लेखेटर टाँस गरी अनशनमा बसेका हुन् । थापा सञ्चार व्यवसायी हुन् भने अन्य अधिकांश घरजग्गा कारोबारमा संलग्न छन् । ।
अनशनस्थलमा टाँगिएको ब्यानरमा किर्ते गरी जग्गा खानेहरुमा नारायण बहादुर कार्की–१, मनोज कुमार मिश्रा, सन्तोष खनाल, अरुणलाल श्रेष्ठ, प्रविर शमशेर जवरा, चन्द्र कुमार कार्की, सुरेशराज घिमिरे, नन्द किशोर बस्नेत, रामकृष्ण हुमागाइँ, कालु गुरुङ, सचला श्रेष्ठ, अनुजमान सिंह श्रेष्ठ, डिल्ली बजार मालपोत प्रमुख पद्मनिधी सोती, कुमारी बैंकका सिइओ उदय कुमार उपाध्याय, सोही बैंकका सहायक सीईओ राजिव गिरी, कर्जा विभाग प्रमुख नरेन्द्र छत्कुली, सोही बैंकका कर्मचारी सञ्जीव सैजु, दिनेशनाथ तिवारी, डिल्लीबजार मालपोत कार्यालयका अधिकृत गोपाल गिरी, नासु पिताम्बर भण्डारी, नासु गोरखबहादुर खड्का, नासु खेम नारायण श्रेष्ठ, शाखा अधिकृत प्रकाश चौलागाईं, तत्कालीन मालपोत प्रमुख टिकाराम घिमिरे, सुर्य प्रसाद अधिकारी, सुर्यकान्त झा, चनुमाया श्रेष्ठ, प्रेम बहादुर खापुङ र विक्रम प्रसाद पाण्डे र काठमाडौं जिल्ला अदालत फिराँद फाँका फिराद जाचक अधिकृत टिकासिंह खत्री रहेका छन् ।
अवालेको नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर १० हाल ३२ को सिट नम्बर १०२–११८६–०४ को कित्ता नम्बर ३४१ क्षेत्रफल ४ रोपनी ८ आना, ३ पैसा १ दाम जग्गा भूमाफयाहरुले योजना बद्ध रुपमा ठगी गरेका हुन् । अवालेको नाममा रहेको ४ रोपनी ८ आना तीन पैसा एक दाम जग्गा मात्रै होइन उनको नाममा रहेको दुई तले २ वटा घर समेत भत्काइदिएको र उक्त घरजग्गा आफूलाई थाहा नै नदिई डिल्ली बजार मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा किर्ते कागजात बनाई राजिनामा पास गराइदिएको उनीहरुले बताउँदै आएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जनकपुरमा सहकारी संस्थाका कर्मचारीबाट लुटियो ८० लाख
- अग्नीपीडितलाई लहान नगरपालिकाको सहयोग
- दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङ सुरु
- धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
- नीति तथा कार्यक्रमको लागि बिज्ञ समुह संग छलफल गर्दै मन्त्री श्रेष्ठ
- नेवार र तामाङ भाषा बागमती प्रदेशभित्र सरकारी कामकाजमा
- नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक नयाँबानेश्वरमा
- संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया