साढे दुई करोड जनसंख्याको पहुँचमा इन्टरनेट
काठमाडौं ।
नेपालमा साढे दुई करोड जनसंख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेकोे छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/०७८ को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म)को तथ्यांकअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसंख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो ।
प्राधिकरणको तथ्यांकअनुसार गत माघको तुलनामा फागुनमा नौ लाख ३६ हजारभन्दा बढी प्रयोगकर्ता थपिएका छन् । गत माघमा कुल दुई करोड ५४ लाख १९ हजार जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो । नेपालमा कूल जनसंख्यामध्ये फागुन मसान्तसम्म ८७ दशमलव १९ प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसंख्या दुई करोड ९८ लाख ७६ हजार पाँँच सय ३१ लाई आधार बनाएको छ ।
प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । फागुनसम्म मोबाइल इन्टरनेटको हिस्सा ६४ दशमलव ०८ प्रतिशत छ । एक करोड १५ लाख ६५ हजारभन्दा बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । जसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ९० लाख ९४ हजार र एनसेलको २४ लाख ७० हजार रहेको जनाइएको छ । गत माघमा एक करोड १३ लाख ५१ हजार प्रयोगकता रहेकामा फागुनमा दुई लाखभन्दा बढी थ्रिजीका प्रयोेगकर्ता थपिएका छन् ।
त्यस्तै, फोरजीका प्रयोगकर्ता ७६ लाख ६८ हजार १८१ पुगेको छ । नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनीमध्ये सबैभन्दा धेरै ग्राहक एनसेलको रहेको छ । आठ महिनामा एनसेल कम्पनीका फोरजीका ग्राहक ४८ लाख ५६ हजार सात सय ४२ जना पुगेको छ ।
गत माघको तुलनामा फागुनमा पाँच लाख ३० हजार आठ सय छ जना बढेका छन् । गत माघमा फोरजीका ग्राहक ४३ लाख २५ हजार नौ सय ३६ जना रहेका थिए । प्राधिकरणको तथ्यांकअनुसार सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को फोरजीका ग्राहक २५ लाख ८९ हजार दुई सय ९४ जना पुगेका छन् ।
गत माघको तुलनामा फागुनमा ४४ हजार पाँच सय ७० जनाले वृद्धि भएको छ । गत माघमा फोरजीका ग्राहक २५ लाख ४४ हजार रहेका थिए । यसैगरी, स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता दुई लाख २३ हजार एक सय ४५ जना पुगेको छ । गत माघको तुलनामा फोरजीका ग्राहक एक हजारले मात्र बढेका छन् । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन् । फिक्स ब्रोडब्यान्डको हिस्सा २२ दशमलव ३५ प्रतिशत रहेको छ । यसमा एडीएसएलका आठ लाख १२ हजार र एफटीटीएच इन्टरनेट ५९ लाख ४२ हजारभन्दा बढी छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया