मकालु हिमालबाट साढे छ हजार किलो बढी फोहोर संकलन
किमाथाङ्का । सफा हिमाल अभियानअन्तर्गत सङ्खुवाभाको मकालु हिमालबाट साढे छ हजार किलोग्रामभन्दा बढी फोहोर संकलन गरिएको छ । नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले मकालु हिमालबाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको छ । मकालु हिमालको आधार शिविर बाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको टोलीमा सहभागि नेपाली सेनाका सेनानी रूपकजंग थापाले जानकारी दिए ।
फोहोर संकलन गर्ने नेपाली सेनाका १० जना र पिक प्रमोसन एजेन्सीका २४ जनाको टोली गत वैशाख १२ गते मकालु हिमालको आधारशिविर पुगेको उनले जानकारी दिए । टोलीले गत जेठ ११ गतेसम्म मकालु हिमालको पहिलो, दोस्रो, तेस्रो र चौथो क्याम्पमा फोहोर संकलन गरेको थियो । यस्तै सफा हिमाल अभियानअन्तर्गत मकालु,सगरमाथा, ल्होत्से, पुमोरी, धौलागिरि, आमादब्लम हिमालको सरसफाइ गरेको टोलीले जनाएको छ ।
सगरमाथा र ल्होत्से हिमालको जेठ १५ गतेसम्म फोहोर संकलन हुने टोलीले जनाएको छ । सङ्खुवासभाको मकालु गाउँपालिका २ मा पने मकालु हिमालको उचाई आठ हजार चार सय ६२ मिटर हो । अभियान टोलीले मकालु हिमालको सात हजार चार सय मिटर उचाइसम्मको फोहोर संकलन गरेको जनाएको छ ।
‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर संकलन टोलीले मकालु हिमालबाट चार हजार आठ सय ८२ किलोग्राम नकुहिने फोहोर र १७ सय २५ किलोग्राम कुहिने फोहोर संकलन गरेको सेनानी थापाले जानकारी दिए ।
टोलीले संकलन गरेको कुहिने फोहोर बिहीबार मकालु गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेललाई हस्तान्तरण गरिएको सेनानी थापाले बताए । फोहोर संकलन टोलीले मकालु गाउँपालिकालाई कुहिने १७ सय २५ किलोग्राम फोहोर बुझाएको छ । भने अन्य नकुहिने फोहोर काठमाण्डौ लगिको सेनानी थापाले बताए । सरकारले हिमाल सफाइका लागि नेपाली सेनालाई वातावरण मन्त्रालयबाट १२ करोड ५० लाख रूपैयाँ विनियोजन गरेको थियो । रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया