सुरक्षित निर्माणको १० वर्षे कार्यक्रम सुरु गरिने
काठमाडौँ । भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनाका क्षेत्रमा प्राप्त अनुभवका आधारमा आगामी आर्थिक वर्षदेखि सुरक्षित नेपाल निर्माणको दशवर्षे कार्यक्रम सुरु गरिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै भूकम्पपछिको पुनर्निर्माणमा नेपालले प्राप्त गरेको सफलता र अनुभवलाई आगामी वर्ष अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरी विश्वसामु प्रस्तुत गरिने बताए ।
यस्तै भावी पुस्तालाई भूकम्पसम्बन्धी ज्ञान दिलाउन भूकम्प संग्रहालयको स्थापना गरिने भएको छ । यो संग्रहालय धरहरा परिसरमा निर्माण भइरहेको छ । यसैगरी आगामी आवमा थप एक हजार तीन सय सात विद्यालयका १४ हजार एक सय ५५ कक्षाकोठा, एक सय पाँच स्वास्थ्य संस्था, एक सय ९५ सांस्कृतिक तथा पुरातात्विक सम्पदा र ३६ सरकारी भवन निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ ।
भूकम्पबाट क्षति भएका राष्ट्रपति भवन, बबरमहल, बालमन्दिर, केशरमहल, हरिहरभवन, त्रिचन्द्र कलेजलगायत महत्वपूर्ण भवन तथा पुरातात्विक महत्वका सम्पदा पुनर्निर्माण तथा प्रबलीकरणलाई तीव्रता दिइने बजेटमा उल्लेख गरिएको छ । यसैगरी आगामी आर्थिक वर्षमा ३९ स्थानमा एकीकृत बस्ती निर्माण गरिने लक्ष्य राखिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि आगामी पुस १० गतेसम्म रहेकाले त्यसपछि अधूरा आयोजना पूरा गर्न आवश्यक स्रोत र अभिलेखसहित कार्यान्वयनको जिम्मेवारी विषयगत मन्त्रालयमा हस्तान्तरण गरिने भएको छ ।
धरहरा परिसर, सिंहदरबारको प्रबलीकरण एवं काष्ठमण्डपको पुनर्निर्माण प्राधिकरणको समयावधिभित्र सम्पन्न गर्न बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए । भूकम्पपछिको पुनःनिर्माणका लागि ३३ अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया