कृषि चालू आवको भन्दा झण्डै २० प्रतिशतले बढी बजेट
काठमाडौँ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको लागि कृषि क्षेत्रमा चालू आर्थिक वर्षमा भन्दा झण्डै २० प्रतिशत बढी बजेट विनियोजन गरेका छन् । आगामी आर्थिक वर्ष ०७८।०७९ का लागि कृषि तथा पशुपन्छी क्षेत्रका विकासमा ४५ अर्ब नौ करोडको बजेट विनियोजन गरिएको छ ।चालू आव २०७७।०७८ मा कृषि क्षेत्रमा ३७ अर्ब ४० करोड २० लाख छुट्याइएको थियो । आगामी आवका लागि मन्त्रालयले रासायनिक मलका लागि १२ अर्ब विनियोजन गरेको छ । गत आवमा रासायनिक मलका लागि ११ अर्ब विनियोजन भएको थियो ।
अर्थमन्त्री पौडेलले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणमार्फत आगामी पाँच वर्षभित्र नेपाललाई कृषिमा पूर्ण आत्मनिर्भर बनाइने बताए । उनले कृषि उत्पादन र उत्पादकत्व वृद्धि तथा खाद्यान्नमा सुनिश्चितता प्रदान गर्न कृषि सहुलियत कर्जाका लागि सात अर्ब ६० करोड, कृषि बीमामा ५० प्रतिशत तथा उखु किसानका लागि ८४ करोड अनुदान छुट्याइएको बताए । सार्वजनिक र गुठी जग्गा कब्जा गर्नेलाई कानुनको दायरामा ल्याइने, भूमिहीन, सुकुम्बासी, दलित, पूर्वकमलरी, हरूवाचरुवा र मुक्तकमैयाका लागि एकपटक गरिखाने जग्गा खरिद गर्नका लागि ६८ करोड विनियोजन भएको छ । आगामी आवदेखि जमीन बाँझो राख्न पाइने छैन । झण्डै १० लाख हेक्टर जमीन बाँझो छ । बाँझो जमीनलाई भूमि बैंकमार्फत जम्मा गरिने भएको छ । सात प्रदेशमा नै भूमि बैंक स्थापना गरिने छ । बाँझो जमीन उपयोग गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने छ । जमिनको विविधीकरण, विशिष्टीकरण गरी सामूहिक, करार र चक्लाबन्दी खेती विस्तार गरेर कृषिको परनिर्भरता हटाइने बजेटमा उल्लेख छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ७१ जिल्लामा विस्तार गरिने, कृषि यान्त्रिकीकरणलाई प्रभावकारी बनाइने, आगामी तीन वर्षभित्र रासायनिक मल र एक वर्षभित्र जैविक विषादी कारखाना स्थापनाका लागि बजेट विनियोजन भएको छ । जैविक विषादी कारखाना स्थापनाका लागि ५० प्रतिशत, दुध र माछामासुको ढुवानीमा २५ प्रतिशत र साना किसानलाई धानको बीउ खरीदमा ५० प्रतिशत नगद अनुदान उपलब्ध गराइने बजेटमा व्यवस्था छ । निजी तथा सार्वजनिक तर खोलाको सतहभन्दा माथि उकासिएको जमीनमा व्यावसायिक खेती विस्तार, भूमिको वैज्ञानिक वर्गीकरण, सबै स्थानीय निकायमार्फत भूसूचना प्रणालीको विस्तार गर्न थप अनुदानको व्यवस्था र तराईको १५ हजार वर्ग फिट जग्गालाई आधुनिक नक्शांकनका लागि ४३ करोड विनियोजन गरिएको छ ।
अर्थमन्त्री पौडेलले पहाडी क्षेत्रका भोजपुर, नुवाकोट, बैतडीलगायत जिल्लामा फलपूmल र हिमाली जिल्ला मनाङ, मुस्ताङ, म्याग्दी र डोल्पामा व्यावसायिक पशुपालनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्न बजेटको व्यवस्था गरिएको जानकारी दिए । माटो प्रयोगशालाको स्थापना, कृषि अनुदान प्रणाली पुनरवलोकन, कृषि यान्त्रिकीकरण र औजार आयातका लागि कर तथा महसुलमा छुटको दायरा बढाइएको बजेटमा उल्लेख छ । बहुउद्देशीय फलपूmल नर्सरी स्थापना गर्न ५० लाख फलपूmलका बिरुवा उत्पादन गरिने भएको छ ।
प्राङ्गारिक खेती प्रवद्र्धन गर्न प्राङ्गारिक मल तथा जैविक विषादीको प्रयोगलाई प्रोत्साहन, सबै प्रदेशमा कृषि शीतभण्डारको स्थापना तथा इलाममा अलैंची, मकवानपुरको छतिवनमा तरकारी, सल्यानमा अदुवा तथा जुम्लामा स्याउ लक्षित औद्योगिक कृषि बजारको सम्भाव्यता अध्ययन पूरा गरी निर्माण सुरु गरिने भएको छ ।
कृषि उपजको भण्डारण गरी कृषि सहकारी संस्थामार्फत खरीद गर्ने व्यवस्था, स्थानीय तहमा दुई सय खाद्य भण्डार केन्द्र, ८९ बीउ उत्पादन कक्ष निर्माण र कृषि बीमामा ५० प्रतिशत अनुदान दिने बजेटमा व्यवस्था गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया