एनएमबी बैंकको साइकल र विद्युतीय सवारी कर्जा योजना
काठमाडौं ।
एनएमबी बैंकले साइकल र विद्युतीय सवारी कर्जा योजना सार्वजनिक गरेको छ । विश्व वातावरण दिवसको अवसरमा स्वच्छ सफा र हराभरा वातावरणप्रति प्रतिबद्धता देखाउँदै विद्युतीय सवारी साधन र साइकल कर्जा गरी छुट्टाछट्टै कर्जा योजना प्रस्तुत गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकले विश्व वातावरण दिवसको अवसरमा आफ्नो क्रेडिट कार्डहरू वा एनएमबी सुलभ किस्ता योजनाअन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरिद गर्दा बेस रेटमै कर्जा प्रदान गर्नुको साथै ८० प्रतिशतसम्म फाइनान्सिङ, सात वर्ष कर्जा अवधि, प्रशानिक शुल्कमा शून्य दशमलव २५ प्रतिशत छुटको अफर ल्याएको हो ।
साथै, एनएमबी बैंक लिमिटेड र माउन्टेन बाइक बिक्रेताहरूबीच जुन महिनाभरि शून्य प्रतिशत मासिक किस्तामा शून्य सदस्यता शुल्क र वार्षिक शुल्कमै साइकल बुक वा खरिद गर्न सकिने योजना पनि प्रस्तुत गरेको छ । यसअन्तर्गत एनएमबीका ग्राहकहरूले एपिक माउन्टेन बाइक झम्सिखेल, ग्राभिटी नेपाल झम्सिखेल, हिमालयन सिङ्गल ट्रेक ठमेल, काडमाडौँ बाइक स्टेसन पानीपोखरी, साइकल ल्यान्ड, काडमाडौँबाट माउन्टेन बाइकहरू एनएमबी सुलभ किस्ता’ योजनाअन्तर्गत २४ महिनासम्मको सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।
हालको परस्थिति र सरकारले जारी गरेको सुरक्षाको मापदण्डसँगै अघि बढ्ने उद्देश्यकासाथ उक्त योजना अघि सारिएको हो । वातावरणीय संरक्षण र ग्राहकहरूको आवश्यकतालाई सघाउ पु-याउने कार्यलाई प्रवद्र्धन गर्न बैंकले नयाँ सुविधाहरू प्रस्तुत गरेको हो । हाम्रो पर्यावरण भावी पुस्तालाई सुरक्षित तवरले हस्तान्तरण गर्न हाम्रो आफ्नै प्रयासले मात्र सक्षम हुनेछ भन्ने सन्देश एनएमबी बैंकले दिएको छ ।
बैंक ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङको सदस्यको नाताले शून्य कार्बन उत्सर्जनको लागि वातावरणमैत्री बैंकिङप्रति प्रतिबद्ध रही आफ्ना ग्राहकवर्गहरूको आवश्यकता सम्बोधन गर्न उपरोक्त प्रयास गरिएको हो ।’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बैंकले आफ्नो सेवाको क्षितिज अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहकमाझ निरन्तर प्रस्तुत गर्दै आइरहेको छ । छुट तथा सुविधासम्बन्धी थप जानकारी एनएमबी बैंकको वेबसाइट डब्लुडब्लुु डट एनएमबी डट कम डट एनपीको इन्ट्रेष्ट रेट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । बैंकले हाल देशभरि एक सय ८१ शाखा, एक सय ३७ एटीएमहरू, नौवटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया