भारतमा दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम
नयाँ दिल्ली ।
भारतमा कोरोनाभाइरसको दोस्रो लहरबाट दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम हुन थालेको छ । एएनआईका अनुसार सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार पाँच सय ९६ जना कोरोनाभाइरसबाट संक्रमित थपिएका छन् ।
लामो समयपछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको यो दोस्रो दिन भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा यसअघि मंगलबार सार्वजनिक गरिएको विवरणमा एक दिनमा ८६ हजार चार सय ९८ जना संक्रमित भएको देखाइएको थियो । त्यसैगरी त्योभन्दा अघिल्लो दिन सोमबार एक लाख छ सय ३६ जना संक्रमित भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या दुई करोड ९० लाख ८९ हजार ६९ पुगेको छ ।
मन्त्रालयका अनुसार भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या १२ लाख ३१ हजार चार सय १५ रहेको छ । भारतमा कोरोनाभाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरुको संख्या दुई करोड ७५ लाख चार हजार एक सय २६ रहेको जनाइएको छ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोनाका कारण कुल दुई हजार दुई सय १९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको संख्या तीन लाख ५२ हजार पाँच सय २८ पुगेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
- अनुदानमा उन्नत जातका भैँसी वितरण
- राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी
- सुन्तला बेचेर रु २१ करोड भित्रियो
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया