बिरामीका लागि आकस्मिक पोर्टेबल अक्सिजन ब्याग रिचार्जरमा
काठमाडौं ।
इ–कमर्स प्लेटफर्म रिचार्जरले कोरोनाका साथै अन्य आकस्मिक बिरामीहरुका लागि लक्षित गर्दै पोर्टेबल अक्सिजन ब्याग बजारमा ल्याएको छ । कोभिडसम्बन्धी सबै किसिमका सामानहरु बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउँदै आएको रिचार्जरले अक्सिजन ब्यागको बिक्रीवितरण सुरु गर्नलागेको हो ।
जेठ २८ गते शुक्रबार दिउँसो २ बजेदेखि ५ बजेसम्म रिचार्जर एपमा उक्त ब्याग खरिदका लागि बुकिङ तथा अर्डर गर्न सकिने रिचार्जरले जनाएको छ । उक्त अवधिमा बुकिङ गर्नेहरुलाई पोर्टेबल अक्सिजन दुई हजार रुपैयाँको दरमा उपलब्ध हुनेछ । उक्त अवधिमा रिचार्जरका प्रयोगकर्ताले पाँच सयदेखि पाँँच हजारसम्म क्यास प्वाइन्ट रिडिम गर्न सक्नेछन् । एक लिटर क्षमताको उक्त पोर्टेबल ब्यागले ४५ मिनेटदेखि एक घण्टासम्मका लागि बिरामीलाई अक्सिजन उपलब्ध गराउनेछ । उक्त अवधिमा बिरामीलाई अस्पताल पु-याउन पोर्टेबल अक्सिजनले सधाउ पु-याउनेछ ।
एकपटक अक्सिजन सकिएपछि अक्सिजन सिलिन्डर वा अक्सिजन रिफिल गर्ने ठाउँबाट ब्यागमा फेरि भरेर प्रयोग गर्न सकिन्छ । यसका लागि पनि पूर्ण रिफिल गर्न लकिन्छ । रिचार्जरले १० लिटर क्षमताको अक्सिजन सिलिण्डर नौ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध गराउनेछ भने सर्जिकल मेल्टबोन मास्क तीन रुपैयाँका साथै अन्य वस्तुहरु सस्तो मूल्यमा उपलब्ध गराउनेछ ।
यसका साथै रिचार्जरले पाँच लिटर क्षमताको वाईयू३०० अक्सिजन कन्सन्ट्रेटर ३३ हजार नौ सय ९९ रुपैयाँमा, ओगल्सको पाँच लिटर क्षमताको ६५ हजार र १० लिटर क्षमताको एक लाख ३५ हजार रुपैयाँमा उपलब्ध हुनेछ । गुगल प्ले तथा एप्पलको एपस्टोरबाट रिचार्जर डाउनलोड गरी खाता खोल्दा एक हजार क्यास प्वाइन्ट पाइनेछ । सामान खरिद गर्दा यस्तो क्यास प्वाइट रिडिम गरी पाँचदेखि १० प्रतिशतसम्म छुट पाउन सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया