विश्वमै पहिलोपटक एल साल्भाडोरले बिटक्वाइनलाई मान्यता दियो
अमेरिका ।
विश्वमै पहिलोपटक बिटक्वाइनलाई कुनै देशले वैधानिकता दिएको छ । आफ्नै मुद्रा नभएको एल साल्भाडोर बिटक्वाइनलाई मान्यता दिने पहिलो देश बनेको हो ।राष्ट्रपति नायिब बुकेलेले लगेको प्रस्ताव त्यहाँको संसद्ले पारित गरेसँगै क्रिप्टोकरेन्सीले वैधानिकता प्राप्त गरेको छ ।
यससम्बन्धी मतदानमा ८४ मध्ये ६४ जनाले पक्षमा मतदान गरेका थिए । रोयटर्सका अनुसार अब कानुनी रुपमै बिटक्वाइनबाट हुने कारोबारले मान्यता पाएको छ । एल साल्भाडोरको अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको सहकार्यमा हुने कार्यक्रमलाई यसले प्रभावित पार्नसक्ने बताइरहँदा देशले बिटक्वाइनलाई मान्यता दिएको हो ।
राष्ट्रपति बुकेलेले बिटक्वाइनको प्रयोगसँगै साल्भाडोरनहरुले विदेशबाट रेमिट्यान्स पठाउन सहज हुने बताए । यसका बाबजुद अमेरिकी डलरको प्रयोग पनि यथावत् हुने उनको भनाइ छ । ‘यसले देशमा वित्तीय समावेशिता, लगानी, पर्यटन, नवप्रवर्तन र आर्थिक विकासलाई बढावा दिनेछ’, बुकेलेले ट्विट गर्दै भनेका छन् ।
बुकेलेले रातारात यो अवधारणा ल्याएका थिए । त्यस्तै उनले राज्य स्वामित्वको जियोथर्मल इलेक्ट्रिक फर्म लाजियोलाई बिटक्वाइन माइनिङको सुविधा दिने योजना विकास गर्न निर्देशन दिएको बताएका छन् । त्यसका लागि देशकै ज्वालामुखीबाट नवीकरणीय ऊर्जा प्रयोग गर्न उनको निर्देशन छ ।
देशको जियोथर्मलको सम्भावनाकै वरिपरि बिटक्वाइन माइनिङ हब निर्माण गर्ने उनको अवधारणा छ । त्यस्तै उनले एल साल्भाडोरले कम्तीमा तीन बिटक्वाइन लगानी गरेको प्रमाण दिए मानिसहरुलाई देशको नागरिकता नै दिने अफर समेत गरेका छन् ।
बिटक्वाइनको प्रयोग व्यक्तिका लागि ऐच्छिक हुनेछ भने प्रयोगकर्तामा कुनै जोखिम नल्याउने बताइएको छ । त्यसलाई कारोबारको बेला देशको बान्डेसाल नामक विकास बैंकमा स्थापित १५ करोड डलरको ट्रस्ट डलरमा परिवर्तन गर्ने ग्यारेन्टी सरकारले नै गर्नेछ । उक्त कानुनअनुसार ग्राहकले वस्तु र सेवा कारोबारको भुक्तानीमा बिटक्वाइन अफर गरे कम्पनीहरुले स्वीकार्नैपर्ने हुन्छ ।
मूल्य बढ्यो : एल साल्भाडोरको उक्त निर्णयसँगै बिटक्वाइनको मूल्य बढेको बताइएको छ । क्वाइनडेस्कका अनुसार बिहीबार प्रतिक्वाइन ३६ हजार आठ सय ४९ अमेरिकी डलरमा कारोबार भएको बताइएको छ । यो भनेको बितेको २४ घण्टामा ७.९ प्रतिशतले बढी हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया