सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल
काठमाडौं ।
सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पदमा सुनिल कुमार पोखरेल नियुक्त भएका छन् । बैंकका अनुसार सञ्चालक समितिको यही जेठ २७ गते बसेको तीन सय ४५औँ बैठकले पोखरेललाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । नवनियुक्त प्रमुख कार्यकारी पोखरेलको कार्यकाल यही असार १८ गतेबाट सुरु हुुने बैंकले जानकारी दिएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५० करोड २५ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ३६ करोड पाँच लाख ३३ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी आठ अर्ब ६४ करोड ३६ लाख ६१ हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ८५ अर्ब २५ करोड ४० लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ३६ करोड ४३ लाख ४० हजार रुपैैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ५४ करोड तीन लाख ८६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको एक दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ३८ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ३० करोड ७७ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने ५७ अर्ब ५१ करोड २४ लाख सात हजार रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब २० करोड ४२ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ७० करोड ८९ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव शून्य नौ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया