गुगल, अमेजन, फेसबुक, इबेलगायतका साढे दुई करोड व्यक्तिगत सूचना चोरिएको खुलासा
अमेरिका ।
प्रयोगकर्ताका व्यक्तिगत विवरण गुगल, अमेजन, फेसबुक र इबेजस्ता इन्टरनेट कम्पनीबाट चोरी भएको खुलासा भएको छ । फक्स बिजनेसका अनुसार दुई वर्षको अवधिमा मालवेयरले ३२ लाख विन्डोजमा आधारित कम्प्युटरबाट दुई करोड ६० लाख हाराहारीमा लगइन विवरण चुहावट भएको खुलेको हो ।
साइबर सुरक्षासम्बन्धी नर्डलकरको प्रतिवेदनअनुसार ट्रोजन टाइप मालवेयरले सन् २०१८ देखि २०२० सम्म ती कम्प्युटरबाट १.२ टेराबाइट व्यक्तिगत विवरण चोरेको पाइएको छ । चुहावट भएका सूचनामा प्रयोगकर्ताका इमेल, युजरनेम र पासवर्डलगायत छन् । ती सबै दश लाख वेबसाइटबाट प्राप्त भएका छन् । नर्डलकरले डेटा चुहावटबारे अनुसन्धान गरी प्रतिवेदन तयार गरेको हो ।
लक्षित गरिएका वेबसाइटमा अमेजन, वालमार्ट, इबे, फेसबुक, ट्विटर, एप्पल, ड्रपबक्स र लिंक्डइन लगायत छन् । उक्त मालवेयर इमेल र अवैध सफ्टवेयरबाट सारिएको थियो । त्यसमध्ये एडोब फोटोशप २०१८को पाइरेट भर्सन पनि एक भएको बताइएको छ । यो एउटा विन्डोजको क्र्याकिङ टुल हो । यसरी व्यक्तिगत सूचना चोर्न मालवेयरले व्यक्तिको सूचनाको स्क्रिनशट लिन सफल भएको थियो । त्यसबाहेक वेब क्यामरा भएका कम्प्युटरबाट प्रयोगकर्ताको फोटो समेत लिन सफल भएको बताइएको छ ।
चोरिएका डेटाबेसमध्ये दुई अर्ब ब्राउजर कुकिज र ६६ लाख फाइल समावेश रहेको बताइएको छ । त्यसमध्ये १० लाख फोटो र अरु छ लाख ५० हजार वर्ड तथा पीडीएफ फाइलहरु समावेश छन् । कुकिजले ह्याकरलाई उनीहरुको लक्ष्य गरिएका वर्गको बानी र चाहनाको वास्तविक तस्बिर बनाउन सहयोग गर्ने उक्त रिपोर्टमा भनिएको छ । केही केही केसमा त कुकिजले व्यक्तिको अनलाइन एकाउन्टसम्मै पहुँचमा सहयोग पु-याउँछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया