एलन मस्क भन्छन् : माइनरले स्वच्छ ऊर्जाको प्रयोग बढाए टेस्लाले फेरि बिटक्वाइन स्वीकार्छ
अमेरिका ।
टेस्ला इन्कका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले आफ्नो कम्पनीले फेरि बिटक्वाइन स्वीकार्न सक्ने बताएका छन् । यदि यसका माइनरहरुले स्वच्छ ऊर्जा प्रयोग बढाए टेस्लाले बिटक्वाइनबाटै कारोबार गर्ने मस्कको भनाइ छ ।
आइतबार ट्विट गर्दै उनले धेरैभन्दा नवीकरणीय ऊर्जाको प्रयोग गर्नुपर्ने उनको शर्त छ । ‘क्लिन इनर्जी प्रयोग गरेको निश्चित भए टेस्ला फेरि बिटक्वाइनबाटै कार खरिदबिक्रीमा फर्किन्छ’, उनले भनेका छन् । मस्कको ट्विटपछि बिटक्वाइनको मूल्य ५.१ प्रतिशतले बढेर आइतबार प्रतिक्वाइन ३७ हजार तीन सय ६० अमेरिकी डलर पुगेको थियो ।
यसअघि पनि टेस्लाले बिटक्वाइनबाटै आफ्ना कार खरिद गर्न सक्ने बताएको थियो । सोसँगै भर्चुअल मुद्रा एकाएक आकाशिएको थियो । यसबाहेक टेस्लाले डेढ अर्ब अमेरिकी डलरको बिटक्वाइन समेत खरिद गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया