शिखर इन्स्योरेन्सद्वारा ५२ करोड ७५ लाख रुपैयाँबराबरको हकप्रदको लागि आवेदन
काठमाडौँ ।
शिखर इन्स्योरेन्स कम्पनीले ५२ करोड ७५ लाख ५७ हजार दुुई सय रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुुमति माग गर्दै आवेदन दिएको छ । कम्पनीले गत कम्पनीको हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट १० बराबर तीन अर्थात् १०ः३ को अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी ५२ लाख ७५ हजार पाँच सय ७२ कित्ता हकप्रद सेयर जारी गर्नको लागि अनुमति माग गर्दै आवेदन दिएको हो ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३६ करोड ३३ लाख २० हजार आठ सय ५८ रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ३२ करोड ९५ लाख १८ हजार नौ सय ३१ रुपैयाँ रहेको छ । चुक्ता पुँजी एक अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९३ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने दुई सय १६ रुपैयाँ ३९ पैसा रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया