निम्बसद्वारा सहायता केन्द्रहरूलाई १० लाखभन्दा धेरै मास्क वितरण
काठमाडौं ।
कोभिड–१९ को दोस्रो लहरको कठिन समयमा जनताको सेवा गर्ने संगठन, अग्रपंक्तिका कामदार र स्वयंसेवकहरूका लागि निम्बसले मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ । अस्पताल, क्वारेन्टिन केन्द्र, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूलाई नेपालभरि एक सय ७२ ठाउँमा ५० भन्दा बढी संगठनहरूलाई निम्बसले १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको छ ।
उच्च गुणस्तरको प्रो–टेक प्रोटेक्टिभ मास्क र विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको ७६ प्रतिशत इथानोलयुक्त स्यानिटाइजर उत्पादन गर्ने प्रो–टेक निम्बसको स्वास्थ्य सामग्री उत्पादन गर्ने अंग हो । निम्बसको यस स्वास्थ्य सामग्री बाँड्ने कार्यलाई विभिन्न प्रतिष्ठित संस्थाहरू नेपाल प्रहरी, एफएनसीसीआई, पत्रकार महासंघ, माइती नेपाल, नेपाल मेडिकल संघ आदिले प्रशंसा गरेका छन् । कोभिड–१९ को संकटको समयमा निम्बसले यस कल्याणकारी कामलाई जारी राख्ने समेत जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया