एप्पल ट्याबलेट कम्प्युटर विश्वबजारमा अग्रस्थानमा, दोस्रोमा सामसङको उत्पादन
अमेरिका ।
एप्पल र सामसुङ इलेक्ट्रोनिक्सले ट्याब्लेट कम्प्युटरको बजारमा क्रमशः पहिलो र दोस्रो स्थान ओगट्न सफल भएका छन् । २१औं काउन्टरपोइन्ट रिसर्चद्वारा ट्याब्लेट मार्केटबारे प्रकाशित बजार अनुगमन विवरणमा विश्वव्यापी ट्याब्लेट कम्प्युटरको बजार अघिल्लो वर्षको तुलनामा यो वर्ष ५३ प्रतिशतले वृद्धि भएको जानकारी गराइएको छ । गत वर्ष ट्याब्लेट बजारको वृद्धिदर १९ प्रतिशत थियो ।
यो वर्षको पहिलो त्रैमासिक रिपोर्टअनुसार एप्पलले विश्वव्यापी ट्याब्लेट बजारको ३७ प्रतिशत हिस्सा ओगटेको छ भने सामसङले २० प्रतिशत बजार पाएको छ । चिनियाँ टेलिकम कम्पनी हुवावेको ट्याब्लेट उत्पादनले गत वर्ष ११ प्रतिशत बजारसहित तेस्रो स्थान ओगटेकोमा यो वर्ष उक्त स्थान कायम राखे पनि बजार पहुँचमा मात्रै पाँच प्रतिशत स्थान रहेको अध्ययन रिपोर्टमा उल्लेख गरिएको छ ।
अमेरिकी सरकारले ठूलो संख्यामा चिनियाँ इलेक्ट्रोनिक्स, टेलिकम्युनिकेसन र हुवावेलगायत ड्रोन कम्पनीलाई कालोसूचीमा समावेश गरेका कारण हुवावेको बजारमा निकै गिरावट आएको हो । कम्पनीलाई कालोसूचीमा समावेश गरिएपछि यसले अमेरिकी कम्पनीहरूको स्वामित्वको ‘प्याटेन्ट’ र स्रोत प्रविधिहरू साथै अमेरिकी प्रविधि समावेश गर्ने अंशहरू खरिद गर्न सक्दैन ।
यसबाहेक कालोसूचीमा रहेका कम्पनीहरू सूचीकृत हुन सक्दैनन् । स्मार्टफोन र ट्याब्लेटको पार्ट्स पाउन नसक्दा हुवावेले नयाँ उत्पादनहरुलाई बजारमा ल्याउन सक्दैन । सामसङको ग्यालक्सी ट्याब एस–सेभेन लाइट हालै युरोपका धेरै देशहरूमा लोकप्रिय बनेको छ । ग्यालक्सी ट्याब एस–सेभेन लाइट उत्तरी अमेरिकी, यूरोपेली मुलुकहरूका शैक्षिक संस्थामाझ लोकप्रिय बनेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया