कोरोना खोप किन्न एडीबीले बंगलादेशलाई ९४ करोड डलर ऋण दिने
ढाका ।
एसियाली विकास बैंकले कोरोना भाइरस संक्रमणविरुद्धको खोप किन्न बंगलादेशलाई ९४ करोड डलर ऋण दिने भएको छ । एडीबीले मंगलबार उक्त रकम ऋण दिने प्रस्ताव पारित गरेको डेलि स्टार अनलाइनले जनाएको छ । यो प्याकेज नियमित र आवधिक गरी ४७/४७ करोड डलरको रहेको बताइएको छ । एडीबीले प्रेस विज्ञप्तिमार्फत यसको पुष्टि गरेको छ । उक्त बैंकको नौ अर्ब डलरको एसिया प्रशान्त खोप पहुँच सुविधा कार्यक्रमअन्तर्गत यो ऋण दिन लागिएको हो ।
सन् २०२० को डिसेम्बरमा बैंकले यस्तो सुविधा दिने घोषणा गरेको थियो । बैंकले आफ्ना सदस्य राष्ट्रहरुलाई यस्तो सुविधा उपलब्ध गराउने भनेको थियो । खोप कार्यक्रमले भाइरस संक्रमणको सांग्लो चुडाल्ने र धेरै मानिसको ज्यान जोगाउने मात्र नभई अर्थतन्त्रमा पनि कोभिड प्रभाव न्यून गर्ने बैंकको विश्वास छ ।
साथै यो रकम स्वीकृत हुनु बंगलादेशलाई बैंकले निरन्तर सहयोग गरिरहेको उदाहरण भएको बैंकले जनाएको छ । यो परियोजनाबाट चार करोड ४७ लाख डोज खोप किन्न सकिने र सन् २०२४ सम्म दुई करोड बंगलादेशी यसबाट लाभान्वित हुने बैंकको विश्वास रहेको बताइएको छ ।
खोपहरु कोभ्याक्स कार्यक्रममार्फत वा राष्ट्रसंघीय बालकोष वा द्विपक्षीय रुपमा व्यवस्थापन हुनेछन् । बंगलादेशले यसअघि पनि खोप किनेर नागरिकलाई लगाउँदै आाएको छ । एडीबीले जुनमा २५ करोड डलर ऋण सहयोग गरेको थियो । सन् २०२० को मेमा पनि बैंकले ५० करोड डलर ऋण उपलब्ध गराएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया