केएफसीलाई कारबाही गर्न प्रहरीलाई पत्राचार
काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले केएफसी देवयानी इन्टरनेसनल नेपाल प्रालि रेष्टुरेन्टलाई कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ । रेष्टुरेन्टमा खाजा खान जाँदा आफैँले सर्भिस गरेर खाँदा पनि सर्भिसचार्ज लिएको भन्दै पीडितले नलिन आग्रह गर्दा उल्टै ग्राहकलाई गलहत्याएर निकालेको भन्दै काठमाडौँ जिल्ला प्रशासनमा उजुरी परेपछि काठमाडौँ जिल्ला प्रशासनले कारबाहीको लागि प्रहरीलाई पत्राचार गरेको हो ।
काठमाडौँ कोटेश्वर बस्ने राजेश भारती र विष्णु गिरीले दिएको उजुरीमा केएफसीको गोदाममा समेत छापा हान्न अनुरोध गरिएको छ । केएफसी रेष्टुरेन्टको थापाथलीमा गएका ग्राहकहरूले सर्वसाधारणलाई सर्भिसचार्जको नाममा नठग्न आग्रह गर्दा उल्टै धम्की दिएको उजुरीमा उल्लेख गरिएको थियो ।
केएफसीले सर्भिसचार्जबापत १० प्रतिशत शुल्क लिँदै आएको छ । आफ्नो १२–१३ शाखाबाट दैनिक २० देखि २५ लाख कारोबार गर्दा दुईदेखि दुई लाख ५० हजारसम्म सर्भिसचार्जको नाममा अनाधिकृत रूपमा पैसा असुल्दै आएको छ । यस हिसाबले वार्षिक आठ–नौ करोड केएफसीले ठगी गर्दै आएको छ । यसरी खुलेआम ठगी गर्दा समेत बहुराष्ट्रिय कम्पनी केएफसीलाई कारबाही गर्न राज्य संयन्त्र सफल हुन सकेको छैन ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया