काठमाडौं । त्रिवेणी समूहद्वारा सञ्चालित त्रिवेणी व्यापार कम्पनीले कोरोना भाइरस नियन्त्रण गर्नको लागि फोब्र्स कोरोना गार्ड नेपालमा ल्याएको छ । अन्तर्राष्ट्रिय गुणस्तरको यस विद्युतीय कोरोना गार्ड उपकरण स्कुल, कलेज, बैंक, वित्तीय क्षेत्र, कार्यालय, मल, सिनेमा हल, हस्पिटल, रेष्टुरेन्ट तथा विभिन्न ठाउँहरुमा जडान गरिएमा वातावरणमा देखिने कोराना भाइरस तथा फ्लुहरुको उपस्थितिलाई निष्प्रभाव बनाउँदै यसको जोखिम पूर्ण रुपमा निर्मूल गर्नसक्ने कम्पनीको दाबी छ ।
कोरोनाका स्पाइ प्रोटिन नष्ट पारी ती भाइरस तथा फ्लुहरुलाई पूर्ण रुपमा प्रभावहीन बनाउने र यसको प्रयोगले अन्य कुनै असर नहुने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो एक विद्युत् किफायती उपकरण रहेको छ, जसको प्रयोग आफ्नो सुरक्षा अनुकूलता हेरेर गर्न सकिने र यसमा कुनै रसायन केमिकलको प्रयोग भएको छैन । यसको गुणस्तरीयता मापन भारतलगायत विभिन्न देशका अन्तर्राष्ट्रिय ल्याबहरुमा परीक्षण भएको कम्पनीले जनाएको छ ।
यूएसईपीएका अनुसार यो ९९.९ प्रतिशत प्रभावकारी छ । यसको प्रभाव बन्द कोठामा एक हजार स्क्वायर फिटसम्म रहने साथै यसको परीक्षण मानव तथा जनावरहरू सबैमा गरिएको हुनाले पूर्णरुपमा प्रभावकारी रहेको त्रिवेणीले दाबी गरेको छ । फोब्र्स कोरोना गार्डलाई सजिलै जहाँ पनि जडान गर्न सकिने भएकाले यसलाई आफूअनुकूल स्थानमा प्रयोग गर्न मिल्नेछ ।
कम्पनीका अनुसार अन्य एयर प्युरिफायरहरुले हावामा रहेका भाइरस तथा ब्याक्टेरियाहरुलाई प्रशोधन गरी सफा हावा दिने मात्र गर्दछन् तर यस फोब्र्स कोराना गार्डले हावामा रहेका कोराना प्रजातिका परिवारका स्पाई प्रोटिनलाई निष्क्रिय गर्ने गर्दछ । यस उपकरणमा कम्पनीले एक वर्षको वारेन्टी समेत दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया