अटोमोबाइल्स व्यवसायीलाई कोरोना खोप उपलब्ध गराउन माग
काठमाडौं ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल वर्कशप, शोरुम तथा स्पेयर पाट्र्स व्यवसायमा संलग्न व्यवसायी, कर्मचारी, टेक्निसियन र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोबाइल वर्कशप, शोरुम तथा स्पेयर पाट्र्स पसलहरुमा काम गर्ने व्यवसायीहरु, कर्मचारीहरु, टेक्निसियनहरु र विशेषगरी ठूलो संख्यामा देशमा छरिएर रहेका श्रमिकहरुका लागि कोभिड १९ विरुद्धको खोप यथाशक्य छिटो उपलब्ध गराउने व्यवस्थाका लागि सरकारसँग माग गरेका हुन् ।
विश्वव्यापी रुपमा पुनः विश्वमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरबाट जनताको स्वास्थ्य रक्षाका लागि सरकारले वैशाख १६ देखि जारी गरेको लकडाउनलाई सरकारले केही खुकुलो पार्दै लगेको छ ।
सरकारले अटोमोबाइल वर्कशप, शोरुम तथा स्पेयर पाट्र्स समेत तोकिएको समयमा मात्र खुल्ला हुने गरी निर्देशिका जारी गरिसकेको भए पनि ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको स्थितिमा आफ्नो व्यवसायमा संलग्न भई आफ्नो कार्यमा लाग्नु उच्च जोखिम हुने भएकोले खोप उपलब्ध गराउन सरकारसँग माग गरिएको नाडाले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
- अनुदानमा उन्नत जातका भैँसी वितरण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया