वर्ल्डलिंकको ग्राहक संख्या ५ लाख
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको ग्राहक संख्या पाँच लाख पुगेको छ । कम्पनीका अनुसार नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले वर्ल्डलिंकको इन्टरनेट प्रयोग गर्दछन् । नेपालमा भित्र्याइएको इन्टरनेटको कुल ब्यान्डविथमध्ये ४५ प्रतिशत ब्यान्डविथ वर्ल्डलिंक एक्लैले प्रयोग गर्छ ।
वर्ल्डलिंकको इन्टरनेट कर्णालीको सबैभन्दा दुर्गम क्षेत्रमा समेत नेपालका ७३ जिल्लामा पुगेको छ । वर्ल्डलिंक नेपालको तेस्रो ठूलो दूरसञ्चार कम्पनी हो । यसै बीचमा वर्ल्डलिंक आईसीटी क्षेत्रको सबैभन्दा ठूलो करदाता पनि बन्न सफल भएको छ । यस कम्पनीले आ.व. २०७६/०७७ मा १०औँ ठूलो भ्याट योगदानकर्ताको सम्मान समेत पाएको थियो । वर्ल्डलिंक आईसीटी क्षेत्रमा सबैभन्दा ठूलो रोजगारदाता कम्पनी पनि हो । यसमा करिब चार हजार जनाले रोजगारी पाएका छन् । वर्ल्डलिंकले देशका १० हजार ठाउँमा पब्लिक वाइफाइ विस्तार गरेको छ ।
कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअनुसार देशैभर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको हो । दैनिक एक लाख ५१ हजारभन्दा बढीले निःशुल्क उपलब्ध पब्लिक वाइफाइ प्रयोग गरिरहेका छन् । मन्दिर, अस्पताल, बसपार्क, क्याफे, रेष्टुरेन्टलगायतका मानिस धेरै जम्मा हुने स्थानमा कम्पनीले फ्री वाइफाइ दिइरहेको छ । वर्ल्डलिंक कम्युनिकेसन्समा बेलायती सरकारको संस्था सीडीसी ग्रुपको समेत लगानी रहेको छ । कम्पनीले ग्राहकलाई इन्टरनेट, आईपीटीभी र कर्पोरेट ग्राहकलाई डाटा कनेक्टिभिटी सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
- अनुदानमा उन्नत जातका भैँसी वितरण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया