ओप्पोद्वारा प्रायोजित ‘दि भ्वाइस अफ नेपाल’ लाइभ राउण्डमा प्रवेश
काठमाडौं ।
ओप्पोद्वारा प्रायोजित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ लाइभ राउण्डमा प्रवेश गरेको छ । ‘ओप्पो प्रेजेन्ट्स दि भ्वाइस अफ नेपाल’को तेस्रो संस्करण वर्तमान समयमा देशकै सर्वाधिक लोकप्रिय टेलिभिजन कार्यक्रमका रुपमा रहेको छ ।
अन्तर्राष्ट्रिय रियालिटी शो ‘दि भ्वाइस’को फ्रेन्चाइजका रुपमा भित्र्याइएको उक्त कार्यक्रमको नेपाल संस्करणलाई वैश्विक स्तरमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओप्पोले प्रमुख प्रायोजन गरेको छ । उत्कृष्ट गायनकला भएर पनि अवसरको अभावमा मूलधारमा आउन नसकिरहेका नेपाली प्रतिभालाई सुनौलो अवसर प्रदान गर्ने सोचका साथ ओप्पोले प्रायोजनका लागि भ्वाइस अफ नेपालको मञ्च छनोट गरेको कम्पनीका मार्केटिङ हेड पियरसन शेनले बताए ।
हाल कार्यक्रम उत्कृष्ट बाह्रको चरणमा पुगिसकेको छ । दि भ्वाइस अफ नेपालको मञ्चबाट देशले गायन क्षेत्रका लागि नयाँ नयाँ उदीयमान प्रतिभाहरु पनि पाइरहेको छ । प्रतिस्पर्धामा कायम रहेका र बाहिरिसकेका कलाकारहरुको समेत लोकप्रियता नियाल्दा प्रायोजनका पछाडि रहेको ओप्पोको लक्ष्य पूरा भएको शेनले बताए । कार्यक्रमले यसमा सहभागी प्रतिस्पर्धीलाई जनताको स्टारका रुपमा स्थापित गराइसकेको छ ।
‘रियालिटी शो’को ढाँचामा सञ्चालित दि भ्वाइस अफ नेपालमा अब सुरु हुने लाइभ राउन्डदेखि दर्शकको भोटिङले विशेष महत्व राख्छ । पछिल्ला संस्करणका अनुभवअनुसार हरेक हप्ता प्रतिस्पर्धीहरुलाई अगाडि बढाउन दर्शकद्वारा असंख्य भोट प्राप्त हुने आयोजकले जानकारी दिएका छन् । प्रतिस्पर्धीहरुलाई नेपालका साथै विदेशबाट समेत उत्तिकै भोट प्राप्त हुने गरेको छ ।
नेपालमा अहिले ओप्पो प्रेजेन्ट्स दि भ्वाइस अफ नेपालको तेस्रो संस्करणले अत्यधिक चर्चा तथा लोकप्रियता पाइरहेको छ । कार्यक्रमको बढ्दो क्रेज र यू–ट्युब, फेसबुक, टिकटक लगायत, सामाजिक सञ्जालमा यसको व्यापक चर्चाले कार्यक्रमको सफलताको प्रमाण दिन्छ ।
‘नेपालमा हाम्रो यस प्रायोजनले नयाँ प्रतिभा जन्माउन उल्लेख्य सहयोग गर्नेमा हामी निकै आशावादी छौँ’, मार्केटिङ्ग हेड शेनले भने । भ्वाइसको नेपाली संस्करण ओप्पो प्रेजेन्ट्स दि भ्वाइस अफ नेपालको तेस्रो संस्करण हिमालय टेलिभिजन एचडीबाट हरेक हप्ता शुक्रबार र शनिबार राति ८ बजे प्रसारित भइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया