भारतमा संक्रमितको संख्यामा फेरि वृद्धि
नयाँ दिल्ली ।
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा फेरि वृद्धि भएको छ । पछिल्ला केही दिन लगातार घट्दै गएकोमा बिहीबार फेरि वृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट ४५ हजार आठ सय ९२ जना नयाँ संक्रमित थपिएका छन् । यसअघि बुधबार एक दिनमा नयाँ संक्रमितको संख्या ४३ हजार सात सय ३३ रहेको विवरण संघीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।
भारतमा अहिले संक्रमित अवस्थामै रहेका संक्रमितहरुको कुल संख्या भने चार लाख ६० हजार सात सय चार रहेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये १।५ प्रतिशत मात्रै अहिले संक्रमित अवस्थामा रहेका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा आठ सय १७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण कुल मृतकको संख्या चार लाख पाँच हजार २८ पुगेको छ ।
कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म भारतमा दुई करोड ९८ लाख ४३ हजार आठ सय २५ जना कोरोनाभाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेका छन् । तीमध्ये ४४ हजार दुई सय ९१ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् ।
भारतीय चिकित्सा अनुसन्धान परिषद्ले दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म ४२ करोड ५२ लाख २५ हजार आठ सय ९७ पटक स्वाब परीक्षण गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया