धनुषामा निःशुल्क स्वास्थ्यशिविर
जनकपुरधाम, माघ ७
प्रदेश प्रहरी श्रीमती संघ प्रदेश नं. २ को आयोजनामा सोमबार धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ४ सपहीमा निःशुल्क बृहत् स्वास्थ्यशिविर सम्पन्न भएको छ । सपहीस्थित बीपी कोइराला माविमा भएको सुरु शिविरको उद्घाटन प्रदेश प्रहरी श्रीमती संघ प्रदेश नं. २ का अध्यक्ष शुषमा थापा कार्कीले गरिन् । शिविर उद्घाटनपछि बोल्दै अध्यक्ष कार्कीले शिविरको मुख्य उद्देश्य औषधि उपचारका सम्बन्धमा जानकारी नभएका विपन्न समुदायलाई निःशुल्क उपचार गरी उनिहरुलाई थप उपचार गराउन प्रेरित गर्ने तथा बालबालिकालाई सरसफाइप्रति जागरुक गराउने रहेको बताइन् । एक महिना पहिले मात्र स्थापना भएको प्रदेश श्रीमती संघले अगामी दिनमा समेत सामाजिक क्षेत्रमा काम गर्ने उनको भनाइ छ ।
दिनभर सञ्चालनमा रहने उक्त शिविरमा स्थानीय विपन्न समुदायका महिला पुरुष तथा वृद्धवृद्धाहरुले स्वास्थ्य परिक्षण गराइरहेका छन् । स्वास्थ्य परीक्षणमा सहभागी भएकाहरुलाई थप उपचारको आवश्यकता परे जनकपुरधामको जानकी मेडिकल कलेजले ५० प्रतिशत छुटमा उपचार गर्ने तथा लहानको आखा अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने संघका सचिव रञ्जना वाग्लेले बताइन् । उनले यो शिविरबाट विपन्न तथा सीमान्तकृत समुदायले सामान्य औषधिको आभावमा रोग बढ्न नसकून् भन्ने उद्देश्यले शिविर सञ्चालन भएको उनले बताए । उक्त शिविरमा प्रहरी संगठनका प्रदेशस्तर तथा जिल्लास्तरका अधिकारीहरु, चिकित्सक, स्थानीयवासीलगायतका उपस्थिति रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया