महुरे–राजापानी सडक निर्माण सुस्त र गुणस्तरहीन
खेमराज अधिकारी
खोटाङ, माघ ९
कालोपत्रेको प्रारम्भिक चरणको काम थालिएको सगरमाथा राजमार्गअन्तर्गत गाईघाट–दिक्तेल सडकको महुरे–राजापानी खण्डको सडक निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको पाइएको छ । खोटाङ र उदयपुर जोड्ने उक्त सडकमा कालोपत्रेको जिम्मा पाएको ठेकेदार कम्पनी भारत कन्स्ट्रक्सन सिद्धि शाही जेभीले सडक निर्माणमा व्यापक ढिलासुस्ती गर्नुका साथै गुणस्तरहीन काम गरेको सरोकारवाला स्थानीयले औँल्याएका हुन् ।
उक्त कम्पनीले ठेक्का लिएको महुरे–राजापानी (सिमपानी) २२ किलोमिटर खण्डमा गुणस्तरहीन ढुंगा, गिटी, बालुवा प्रयोग गरेर सडक गुणस्तरहीन बनाएको स्थानीयको आरोप छ । सडक कालोपत्रेको काममा राजापानीको मालास्थित संसारीडाँडाको गिटी र साप्सुखोलाको बालुवा प्रयोग गर्ने भनी सम्झौता गरिएको भए पनि निर्माण कम्पनीले सो स्थानको बालुवा र गिटी प्रयोग नगरी अन्यत्रबाट ल्याएर प्रयोग गरिरहेको स्थानीयहरुको भनाइ छ । गुणस्तरहीन सडक बनाउने ठेकेदारलाई स्थानीयले बारम्बार खबरदारी गर्दागर्दै पनि ठेकेदारले स्थानीयको बेवास्ता गरेका छन् ।
राजापानी २२ किलोमिटर खण्डमा गुणस्तरहीन काम गरेको भन्दै उनीहरुले पुस २३ गते करिब ३० मिटर ड्रेन भत्काइदिएका थिए । करिब ९१ करोडको खर्चमा २०७७ साल साउन ११ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी २०७३ असार ३० गते सो कम्पनीले सडक कालोपत्रेको जिम्मा लिएको थियो । महुरेदेखि बुईपा र राजापानीबीचमा सडकको कतिपय मेसिनरी पर्खाल छोटो समयमै पल्टिएको, मेसिनरी वालमा नियमित क्यूरिङ नगरिएको, माटो मिसिएको अशुद्ध बालुवा प्रयोग गरेको, सडकको बेसमा कमसल मेटेरियल ओछ्याइएको पाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका वडाध्यक्ष दिनेश राईले बताए । राईले भने, ‘निर्माण कम्पनीको काममा ढिलासुस्ती त छँदै छ, काम सुरु भएको समयदेखि नै गुणस्तरमा ख्याल गर्न भनिए पनि ठेकेदारले बेवास्ता गरिरहेको छ ।’
स्थानीयले निगरानी गर्दागर्दै पनि महुरेदेखि स्वास्थ्यचौकी बुईपासम्मको करिब २ सय मिटर क्षेत्रमा गुणस्तरहीन काम भएको स्थानीयहरु बताउँछन् । निर्माण कम्पनीका फिल्ड को–अर्डिनेटर पुष्प शाहीले पनि सडकको संरचना कमजोर बनेको स्वीकार गरे । पहिला खटाइएका साइड इन्चार्जले गुणस्तरहीन काम गराएकाले कमजोर संरचना भत्काएर सच्याउने उनले प्रतिबद्धता जनाएका छन ।
खोटाङमा निर्माणाधीन अधिकांश सडक तथा मोटरेबल पुलहरुमा निर्माण कम्पनीहरुले चरम ढिलासुस्ती गर्नुका साथै गुणस्तको ख्याल नगरेको आवाज बारम्बार सुनिने गरेको छ । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग, सगरमाथा राजमार्ग, दिक्तेल आहाले लगायतका सडकहरुको कालोपत्रेको ठेक्का लिएका निर्माण कम्पनीहरुको कामको गती सुस्त हुनुका साथै गुणस्तरमा समेत प्रश्न उठ्ने गरेको छ । जिल्लामा भइरहेका विकास निर्माणका योजनाहरुमा भइरहेको ढिलासुस्ती साथै गुणस्तरहीनताका विषयमा स्थानीय सरकार तथा सरोकारवालाले बेलाबखतमा अनुगमन, निर्देशन गरिरहे पनि ठेकेदारले आफ्नो अनुकूल मात्र काम गर्ने परिपाटीले राज्यको लगानी बालुबामा पानी हालेजस्तै भइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया