फेवातालको जग्गा अतिक्रमण गर्ने धादिङका खतिवडा प्रक्राउ
काठमाडौं । फेवातालको जग्गा अतिक्रमण गर्दै डोजर लगाउने धादिङ खाल्टेका युवराज खतिवडा पक्राउ परेका छन् । फेवातालको जग्गा अतिक्रमण भएको भनी चारकिल्ला नक्सांकन गर्न समिति बनेर प्रतिवेदन बन्दै गर्दा खतिवडालाई फेवातालकै जग्गामा डोजर लगाउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो । खतिवडा धादिङ घर भई पोखरामा व्यवसाय गर्दै आएका छन् ।
यसअघि पोखरामा खतिवडा बस्दै आएको घर समेत मापदण्डविपरीत पाइएपछि वडा नं. ५ ले भत्काइदिएको थियो । फेवातालको जग्गा व्यक्तिको नाममा गएको विषयमा छानबिन गर्न गण्डकी प्रदेश सरकारले पुण्यप्रसाद पौडेलको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।
समितिले अदालतको आदेशमा, राजाको हुकुम प्रमांगी, मालपोतबाट छुट दर्ता गरेर तथा सरकारको विभिन्न निकायको नाममा गएर एक हजार छ सय १० रोपनी फेवातालको जग्गा व्यक्तिको नाममा गएको प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्रीलाई नै प्रतिवेदन बुझाउन समितिले समय नपाएपछि भुमिसुधार सचिवलाई बुझाएको हो । प्रतिवेदनमा फेवातालको ११ हजार २५५ रोपनी जग्गामध्ये आठ हजार सात रोपनी जग्गामा मात्र हाल फेवातालको पानी रहेको उल्लेख छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया