अगस्टमा अमेरिकी खुद्रा बिक्री ०.७ प्रतिशतले वृद्धि
वासिङटन । अमेरिकामा कार बिक्रीमा देखिएको तीब्र गिरावटको बाबजुद अगस्टमा अमेरिकी खुद्रा बिक्रीमा ०.७ प्रतिशतले वृद्धि भएको अमेरिकी सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । स्थानीय समयअनुसार बिहीबार सार्वजनिक रिपोर्टमा जुलाईमा उपभोक्ताको माग नाप्ने सूचकांक १.८ प्रतिशतले कम भएपछि यो वृद्धिले छ खर्ब १८ अर्ब ७० करोड अमेरिकी डलर बराबरको बिक्री गरिएको बताइएको छ ।
एएफपीका अनुसार यो अवधिमा कार बिक्री ३.९ प्रतिशतले कम भएको तर तर खुद्रा बिक्री १.८ प्रतिशतले बढेको वाणिज्य मन्त्रालयले बताएको छ । महामारीका कारण बन्द अमेरिकी बजार खुल्न थालेपछि यहाँको अर्थ व्यवस्थामा सुधार आउन थालेको छ । अमेरिकीहरूले महामारीपछि लामो समय बन्द पर्यटनलाई खोलेपछि गाडीको मूल्यमा वृद्धि भएको तर मूल्य वृद्धिका कारण कारोबारमा कमी आएको छ ।
कोभिड–१९ को डेल्टा भेरियन्टको बढ्दो संक्रमण दरका बावजुद उपकरण तथा इलेक्ट्रोनिक्स स्टोरहरूमा बिक्री ३.१ प्रतिशतले कम भयो भने रेस्टुरेन्ट तथा बारहरूको कारोबार पूर्ववत अवस्थामा रहेको छ । फर्निचर सामानको कारोबारमा ३.७ प्रतिशतले वृद्धि भएको छ भने किराना पसलको कारोबार १.८ प्रतिशतले वृद्धि भएको छ । जुलाईमा ४.६ प्रतिशतभन्दा कमी नाफा रहेको कारोबारमा अगस्टमा ५.३ प्रतिशत नाफा भएको अनलाइन कारोबार संस्थाहरूद्वारा उपलब्ध तथ्यांकमा उल्लेख छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सानिमा बैंकद्वारा दुर्घटना बीमा रकम हस्तान्तरण
- गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्सबीच सम्झौता
- समृद्धि फाइनान्सका ग्राहकलाई डिलाइट टेलरिङ सेन्टरमा छुट
- ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ
- नेपाल एसबीआई बैंक सम्मानित
- गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको क्युआर टेलर सुरु
- आगामी बजेटका चुनौती
- आर्थिक विकासको लक्ष्यमा कृषिको भूमिका
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया